• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विद्युत प्राधिकरण विरुद्ध एकै ठाउँ निजी क्षेत्रका ३ छाता संगठन

महसुल तिर्नु पर्दा हतास र मर्माहत भयौं : व्यवसायी
64x64
नेपाल लाइभ मंगलबार, वैशाख २४, २०७६  १७:३५
1140x725

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइनमार्फत् विद्युत प्रयोग गर्दै आएर पनि वर्षौंदेखि महसुल नतिरेका उद्योगलाई महसुल तिर्न पत्राचार गर्न थालेपछि निजी क्षेत्रका उद्योगी/व्यवसायीहरु विरोधमा उत्रिएका छन्।

ट्रंकलाइनमार्फत् विद्युत सुविधा लिएर साधारण ग्राहकसरह महसुल तिर्दै आएका उद्योगलाई प्राधिकरणले ट्रंकलाइन बापतको महसुल तिर्न भन्दै पत्राचार गरिरहेको छ। 

प्राधिकरणले चालेको उक्त कदम र व्यवसायीहरुले तिर्नुपर्ने विद्युत महसुल दररेटका सम्बन्धमा निजी क्षेत्रका तीन छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वक्तव्य जारी गरेका छन्।

तीन छाता संगठनले महासंघको प्रधान कार्यालयमा प्राधिकरणको निर्णय गलत भएको भन्दै त्यसलाई सच्याउनुपर्ने समेत माग राखेका छन्।

व्यवसायीहरुले जारी गरको वक्तव्यमा भनिएको छ, ‘विद्युत महसुल नियमावली-२०७३ को नियम ५ बमोजिम डेडिकेटेड फिडर सरहको कुनैपनि माग, सम्झौता नगरी अन्य गैर औद्योगिक ग्राहकसरह लोडसेडिङको समयमा उद्योग बन्द गरी बसेका उद्योगीहरुलाई विद्युत महशुल संकलन नियमावली २०७३ को नियम ५ को उपनियम २ बमोजिम मासिक सेवाशुल्क डिमान्ड शुल्क र ईनर्जी शुल्कमा बिलिङ गर्ने भनी लेखिएको पत्र त्रुटिपूर्ण छ।’

आफूले प्रयोग नै नगरेको विद्युत्का लागि महसुल तिर्न प्राधिकरणले गरेको परिपत्र नै त्रुटिपूर्ण रहेको व्यवसायीहरुको भनाइ छ। लिँदै नलिएको सुविधामा विद्युत महसुल लगाएका कारण प्राधिकरणको कदम कानुन विपरित रहेको उनीहरुको भनाइ छ।

प्राधिकरणले यस्तो महसुल लगाउने निर्णय तत्काल खारेज नगरे मुलुकभरका सबै उद्योगहरु घराशायी हुन सक्ने चेतावनी समेत उनीहरुले दिएका छन्। ‘यो समस्याको निराकरण यथाशीघ्र नभएसमस्त उद्योगहरु बन्द हुन जानेछन् र यसबाट समग्र राष्ट्रको अर्थतन्त्र नै धराशायी हुन जाने निश्चित छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

ट्रंकलाइन तथा डेडिकेटेड लाइनबाट विद्युत लिएका आधारमा उपभोक्ताले थप विद्युत महसुल तिर्नुपर्ने व्यवस्था छ। ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको समयमा दैनिक २० वा सोभन्दा बढी समय विद्युत उपभोग गर्न विद्युत महसुल विनियमावलीको दफा ५ अनुसार निवेदन लिई  प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत भएको ग्राहक तथा उपभोक्ताले मात्र डेडिकेटेड तथा टंकलाईनबाट थप विद्युत महशुल तिर्नु बुझाउनुपर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर उद्योगीहरुले निवेदन नै नदिएको र सम्झौता पनि नगरेको साथै लोड सेडिङको समयमा २० घन्टाभन्दा बढी विद्युत उपभोग गर्नसमेत नपाएको हुनाले डेडिकेटेड तथा ट्रंकलाइनबाट डेडिकेटेडमा जोडिएको आधारमा मात्र थप विद्युत महशुल लगाउनु उपयुक्त नभएको उनीहरुको भनाइ छ।

व्यवसायीहरुले प्राधिकणलाई नियमित रुपमा बुझाउनुपर्ने महशुल दस्तुर बुझाइरहेको र कुनैपनि बाँकी बक्यौता नराखेकोसमेत जिकिर गरेका छन्।

प्राधिकरणले दोहोरो चरित्र देखायो

व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणले दोहारो खालको चरित्र देखाएको पनि आरोप लगाएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘ट्रंक तथा डेडिकेटेड लाइनबाट विद्युत आपूर्ति भएको भन्दै थप शुल्क, दस्तुरको बिलिङ गर्दासमेत प्राधिकरणले सबै उद्योगलाई एकै किसिमको विलिङ गराएको पाईएको छैन,’ वक्तव्यमा भनिएको छ।

प्राधिकरणले बिलिङ गर्दा कुनै उद्योगलाई साधारण दर कायम गरी बिलिङ गरेको, कुनैलाई ट्रंक डेडिकेटेड लाईन लिएका सरह गरी बिलिङ गरेको, कुनै उद्योगलाई पत्राचार मात्र गरेको तथा कसैलाई पत्रसहितको बिल पठाएको उनीहरुको भनाइ छ।

‘कुनै उद्योगले साधारणसरह दस्तुर तिर्दा बुझिलिएको, कुनैलाई थप अतिरिक्त दस्तुरसमेत बुझाए मात्र बुझ्छौं भनी महसुल बुझ्न इन्कार गरेको अवस्था छ। यसबाट विद्युत प्राधिकरण स्वयं उद्योगहरुसँग के, कसरी, कुन दरमा दस्तुर महशुल उठाउने भन्ने विषयमा प्रस्ट देखिदैन,’ वक्तव्यमा उल्लेख छ।

डेडिकेटेड र ट्रंकलाइनमा के फरक छ? 
प्राधिकरणले उद्योगहरूलाई विद्युत उपलब्ध गराउँदा डेडिकेटेड फिडर र ट्रंकलाइन गरी दुई तरिकाले उपलब्ध गराउँदै आएको छ। ११ केभीदेखि ३३ केभी भोल्टेजसम्म विद्युत माग गर्ने उद्योगीलाई डेडिकेटेड फिडरमार्फत विद्युत दिने गरिएको छ। यो प्रणालीबाट विद्युत लिन चाहने ग्राहकले आफ्नै खर्चमा प्राधिकरणको नजिकको सबस्टेसनबाट लाइन लिनुपर्ने हुन्छ। 

ट्रंकलाइन ६६ केभी क्षमताभन्दा माथिको हुन्छ। यस्तो लाइनमा प्राविधिक समस्या बाहेक कहिल्यै विद्युत कटौती हुँदैन। एक सबस्टेसनबाट अर्को सबस्टेसनसम्म प्रत्यक्ष जोडिएका यस्ता लाइनमा डेडिकेटेड फिडरमा जस्तो विद्युत कटौती गर्न पाईंदैन। 

डेडिकेटेड फिडर र ट्रंकलाइन प्रयोग गर्ने ग्राहकहरुको विद्युत महसुल पनि फरक हुन्छ। विद्युत महसुल संकलन नियमावली, २०७३ को अनुसूची १ (क) अनुसार  ट्रंकलाइनको डिमान्ड शुल्क प्रतिकेभिए प्रतिमहिना २ सय ६५ रुपैयाँ र इनर्जी शुल्क १२ दशमलव ५० रुपैयाँ तोकिएको छ। सोही अनुसूचीको खण्ड (ख) मा ट्रंकलाइनबाट आपूर्ति भएको विद्युत टिओडी मिटर प्रयोग गरी उपभोग गरे बिहान, दिउँसो र रातीको फरक–फरक शुल्क तोकिएको छ। 

'पिक आवर' मानिने साँझ ५ बजेदेखि राती ११ बजेसम्म प्रतियुनिट १५ दशमलव ५० रुपैयाँ, 'अफ पिक' समय मानिने राती ११ बजेदेखि बिहान ५ बजेसम्म प्रतियुनिट ६ दशमलव ६० रुपैयाँ र अरु समय अर्थात् बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म प्रतियुनिट १२ दशमलव ५० रुपैयाँ शुल्क तोकिएको छ।

यो पनिः

३ वर्षयता विद्युत महसुल नतिरेका ५ कम्पनी अदालतमा, साढे ४ अर्ब बक्यौता

ट्रंकलाइन विद्युत महसुल मिनाहा गर्ने निर्णय भएको छैन : प्राधिकरण

विद्युत महसुल विवाद : उद्योगी घरानाको पक्षमा अदालत, कुलमानको भ्याकेट सर्वोच्चद्वारा खारेज

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्