काठमाडौं- उपत्यकामा यतिबेला इन्द्रजात्राको रौनक छ। पर्व अन्तर्गत बिहीबार राति श्वेत भैरवको मुखमा पाइप हाली निकालिएको प्रसाद अर्थात् जाँड खानेहरुको भिड लागेको थियो। विशेषगरी यो प्रसाद खान महिला मात्र उपस्थित हुने गरेका छन्।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि जात्रा सुरु हुन्छ। विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म यो पर्व चलिरहन्छ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि नै सुरु हुने जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पतन’गरेपछि विधिवत् जात्रा समापन हुन्छ।
तस्बिरमा पर्वको खुसीयाली-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।