ललितपुर– किराँत राई समुदायको विशेष पर्व उधौली आइतबार विशेष रुपमा मनाइएको छ। हरेक वर्षको मंसिरे पूर्णे वा यःमरी पुन्हीका दिन किराँत राईहरुको ऐतिहासिक स्थल ललितपुरको हात्तीवनमा पूजा गरी साकेलासिली नाचेर उधौली मनाइन्छ।
जल, जमिन र हावालाई प्रकृति मान्दै पूजा गर्ने किराँतहरुले वर्षमा दुई पटक प्रकृतिको पूजा गर्छन्। मंसिरे पूर्णिमादेखि पञ्चमीसम्म उधौली र बैशाखे पूर्णिमादेखि पञ्चमीसम्म उभौली पर्वको रुपमा मनाउने चलन छ।
उधौलीमा वर्षभरिको मिहिनेतबाट अन्नबाली थन्क्याइसकेपछि बाली राम्रो भएको खुसियाली मनाइनुका साथै वर्षभरि जान–अञ्जानमा भएका गल्तीहरुमा पितृ र प्रकृतिसँग क्षमा माग्ने गरिन्छ।
किराँतहरुभित्र पनि विभिन्न थरहरु अनुसार फरक–फरक तरिकाले नाच्ने भएकाले त्यसै अनुसार नाम पनि फरक राखिएको पाइन्छ। राईहरुको नाचलाई साकेला, सखेवा, चसुमसिली भन्छन् भने लिम्बूहरुले चसोक लगायत भन्छन्।
ललितपुरको नखीपोटमा उभौलीको रौनक यस्तो देखियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।