काठमाडौं- उच्च अदालत पाटनले ट्रंकलाईनमार्फतको विद्युत महसुल बुझाउन नसकिने भन्दै आएका उद्योागी व्यवसायीहरुबाट बक्यौता रकम असुल उपर गर्न आदेश जारी गरेको छ।
उच्च अदालत पाटनका न्यायाधीशयद्वय कुमार चुँडाल र किरण पौडेलको संयुक्त इजलासले नेपाल विद्युत प्राधिकरणका पक्षमा निर्णय गर्दै बक्यौता विद्युत महसुल असुल उपर गर्ने आदेश सुनाएको हो।
व्यवसायीहरुले महसुल बक्यौता नतिरे उनीहरुले प्रयोग गर्दै आएको विद्युत लाईन काट्न पनि अदालतले आदेश दिएको छ।
ट्रंकलाईनमार्फतको विद्युत महसुल बुझाउन नसकिने भन्दै विशाल सिमेन्ट र रिलायन्स मिलले उच्च अदालत पाटनमा रिट हालेका थिए।
अदालतले गरेको यो आदेशसँगै यसअघि दिएको अन्तरिम आदेश खारेज भएको छ।
यसअघि उनीहरुकाे पक्षमा अन्तरिम आदेश जारी भएकाे थियाे।
यो पनिः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।