तेलेगु अभिनेता एनटिआरले आफ्नो आगामी फिल्म जय लभ कुशबाट दर्शकहरूको ध्यान आकृष्ट गरिरहेका छन् । यसअघि फिल्ममा जय र लवको चरित्र देखाउने टिजर सार्वजनिक गरिएको थियो । शुक्रबार एनटिआरले आफ्नो ट्वीटरबाट फिल्मको तेस्रो चरित्र कुशको चरित्रको परिचय दिने टिजर रिलिज गरेका छन् ।
सार्वजनिक गरिएको टिजरमा कुशको भूमिकामा देखिएका एनटिआर लामो कपाल, दार्ही तथा कालो लुगामा देखिएका छन्। उनको चरित्र रामायणको रावणबाट लिइएको बताइन्छ ।
यो फिल्म सेप्टेम्बर २१ मा रिलिज हुनेछ । एनटिआरको होमप्रोडक्सन फिल्मलाई के एस रविन्द्राले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।