एजेन्सी- तमिल अभिनेता सूर्याले अभिनयमा आफ्नो २० वर्ष पूरा गरेका छन्। यसका लागि ४२ वर्षे अभिनेताले आफ्ना सम्पूर्ण फ्यानलाई फिल्म यात्रामा २० वर्ष विशेष बनाएकोमा धन्यवाद दिएका छन्। उनले सन् १९९७ मा 'नेरूकु नेर'बाट आफ्नो फिल्म यात्रा सुरू गरेका थिए।
'मेरो पछिल्लो २० वर्षको सिनेजीवन एउटा अप्राप्य लक्ष्य प्राप्त गरे जस्तै थियो। तपाईंहरूके कारण यो प्राप्त भयो। तपाईहरूको प्रोत्सहानले मलाई मेरो लक्ष्यविन्दुभन्दा धेरै माथि पुर्यावयो,' ट्विटरबाट आफ्ना फ्यानहरूलाई धन्यवाद दिँदै उनले भनेका छन्, 'तपाईंहरूको आलोचनाले मलाई सिकायो। सहयोगले मलाई सिनेमा भन्दा पर पनि लग्यो। त्योभन्दा बढि तपाईंहरूको अपार मायाले मलाई डोर्या इरह्यो।'
'नन्दा' फिल्मबाट चर्चाको चुलीमा पुगेका सूर्याले 'पिथामगंन', 'पेराजेगन' , 'गजनी' , काख्का काख्खा', 'सिंघम' जस्ता फिल्ममा गरेको विविध भूमिकाबाट दर्शकसँग थप चर्चित बन्ने पुगे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।