एजेन्सी- करिब एक महिनापछि अभिनेता नागार्जुनका छोरा नागा चैतन्यको अभिनेत्री समन्था रूथ प्रभुसँग लगनगाँठो कसिँदैछ।
समन्था र नागा 'इ माया चेसाभे'को सुटिङताका एकअर्को नजिक भएका थिए। आठ वर्षयता उनीहरु प्रेममा छन्। यति लामो समय बितिसक्दा पनि आफू प्रेममा रहेको कुरा बताउन नागालाई भने गाह्रो परिरहेको थियो।
उनले कतिपटक भन्न चाहेर पनि बाबुलाई आफ्नो प्रेमबारे भन्न सकेका थिएनन्। नागाले यस्तो चाला देखाएपछि एकदिन समन्थाले धम्की दिएपछि मात्र बाबुसमक्ष उनले आफ्नो प्रेमको खुलासा गरे।
समन्थाले आफ्नो प्रेमबारे बाबुलाई नभने राखी बाँधेर भाइ बनाउने धम्की दिएकी थिइन्। यसपपछि मात्र उनले गोप्य प्रेमको रहस्य बाबुलाई सुनाएका हुन्।
नागा र समन्थाले गएको जनवरीमा इन्गेजमेन्ट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।