• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

चेक बाउन्स-१ : प्रहरी कार्यालयमा उजुरीका चाङ, अभियुक्तले भरिभराउ हिरासत

64x64
नारायण अधिकारी मंगलबार, वैशाख ३१, २०७६  ११:००
1140x725

काठमाडौं– काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालयमा चेक बाउन्सका उजुरीको चाङ छ। चेक बाउन्सकै आरोपका पक्राउ परेका अभियुक्तले हिरासत पनि भरिएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंदेखि परिसर मातहतकै १४ वटा वृत्तहरु थुनुवाले भरिभराउ छन्। तीमध्ये ८० प्रतिशत अभियुक्त चेक बाउन्सका भएको प्रहरीले जनाएको छ। चेक बाउन्सको उजुरी प्रहरीकहाँ दोब्बरले बढ्दै गएको छ। काठमाडौं उपत्यकाका १४ वटा वृत्त र परिसरमा गरी दैनिक सरदर ५० देखि ६० वटासम्म चेक बाउन्सका उजुरी आउने गरेका छन्।

काठमाडौंमा हालसम्मकै सर्वाधिक चेक बाउन्सको उजुरी दर्ता भएको छ। बैंकिङ कसुर अर्थात् चेक बाउन्समा २०७४ मा २ सय २२ मात्र उजुरी परेका थिए। यो संख्या चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बढेर ५ हजार ७ सय ९५ पुगेको छ। तर जम्मा ९ सय १० वटा चेक बाउन्सका मुद्दा मात्रै फर्छ्यौट भएको प्रहरीको तथ्यांक छ।

अहिलेको जनशक्ति र स्रोतसाधनले चेक बाउन्स मुद्दा हेर्न निकै कठिन हुने गरेको प्रहरीको भनाइ छ। चेककै कारण ठूला मुद्दासमेत ओझेलमा पर्न थालेका छन्। जघन्य अपराधको अनुसन्धानमा लाग्नुपर्ने महानगरीय अपराध महाशाखासमेत चेक बाउन्सको मुद्दामा व्यस्त हुनुपर्ने अवस्था छ। जस कारण चेक बाउन्सको मुद्दा हेर्न छुट्टै जनशक्ति र अदालतको व्यवस्था हुनुपर्ने प्रहरीको बुझाइ छ।

ठूलो मात्रामा चेक बाउन्सको उजुरी परे पनि त्यसको फर्छ्यौट भने न्यून छ। आर्थिक वर्ष २०७३/७४ मा काठमाडौंमा चेक बाउन्स सम्बन्धी जम्मा १० वटा मुद्दा दर्ता भएका थिए। त्यस वर्ष ललितपुर र भक्तपुरमा भने एउटा पनि चेक बाउन्सका मुद्दा दर्ता भएका थिएनन्।

आर्थिक वर्ष २०७४/७५ मा यो संख्या बढेर ४ सय ८७ पुग्यो। काठमाडौंमा मात्रै ४ सय २१ वटा चेक बाउन्सका मुद्दा दर्ता भएका थिए भने ललितपुरमा ५२ र भक्तपुरमा १४ वटा मुद्दा दर्ता भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांक छ।

चालु आर्थिक वर्षको अहिलेसम्म झन्डै चौबर बढीले चेक बाउन्सको मुद्दा दर्ता भएको छ। चालु आर्थिक वर्षको अहिलेसम्म काठमाडौं उपत्यकामा १ हजार ५ सय १६ वटा मुद्दा दर्ता भइसकेका छन्। तीमध्ये १ हजार ३ सय ४५ वटा काठमाडौंमा, १ सय २२ वटा ललितपुरमा र ४९ वटा चेक बाउन्सका मुद्दा भक्तपुरमा दर्ता भएका हुन्। 

उच्च अदालत पाटको तथ्यांक अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म वाणिज्य इजलास १ मा ३ सय ९६ र वाणिज्य इजलास २ मा २ सय ७७ वटा बैंकिङ कसुरका मुद्दाको फैसला भइसकेको छ। 'बैंकिङ कसुर, कम्पनी ऐन, चेक अनादार, दामासाही लगायतका मुद्दा आउने गरेका छन्,' उच्च अदालत पाटनका रजिष्टार बाबुराम दाहाल भन्छन्, 'यीमध्ये ९५ प्रतिशत मुद्दा चेक बाउन्सका आउने गरेका छन्।'

nimb
nimb
Ncell 2
Ncell 2

यो मुद्दा दर्ता भएको संख्या मात्रै हो। उजुरीको संख्या भने ठूलो छ। प्रहरीको उजुरी गर्न आएका केही व्यक्तिहरु आफैं मिल्ने र निवदेन फिर्ता लिने गरेकाले अदालतसम्म ती उजुरी पुग्न पाएका छैनन्।

प्रहरीले पहिला चेक बाउन्सको उजुरी परेपछि दुवै पक्षलाई बोलाएर छलफल गराएर मिल्ने समयसमेत दिँदै आएको थियो। तर अहिले उजुरी परेसकेपछि प्रहरीले छलफल नगराई पक्राउ पुर्जी जारी गरेर मुद्दा अगाडि बढाउँदै आएको छ। जस कारण पनि चेक बाउन्सका मुद्दा बढ्दै गएका छन्। 

किन बढ्दैछ चेक बाउन्स?
२०७३ असोज १८ गतेसम्म चेक बाउन्सको मुद्दा प्रहरीले हेर्दैन थियो। चेक बाउन्स मुद्दा देवानी मुद्दामा पर्थ्यो। र, सिधै अदालतमा मुद्दा पेस हुन्थ्यो। झन्झटिलो न्याय प्रणालीका कारण कमैले मात्र न्याय पाउँथे। 

शक्तिकेन्द्र निकटका मान्छेले मात्रै प्रहरीलाई प्रभावमा पारेर चेक बाउन्समा मुद्दा चलाउने गर्थे। प्रहरीले कसैको चेक बाउन्सको मुद्दा हेर्ने कसैको नहेर्ने गरेको भन्दै विवाद पनि हुने गरेको थियो। ०७३ असोज १८ गते संसद्ले बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ संशोधन गर्‍यो। जसमा कसैले जानीजानी आफ्नो खातामा रकम नहुँदानहुँदै कसैलाई चेक दिएमा त्यो बैंकिङ कसुर हुने उल्लेख गरियो। र, प्रहरीलाई चेक बाउन्सको मुद्दा बैंकिङ कसुर अन्तर्गत हेर्न मिल्ने भयो। त्यसपछि भने चेक बाउन्सका उजुरी बढ्दै गएको महानगरीय प्रहरी परिसर काठमाडौं मुद्दा फाँटका डिएसपी मोहन थापा बताउँछन्। 

उजुरी परेको व्यक्तिलाई प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। त्यसपछि मुद्दा अदालतमा पेस हुन्छ। अदालतले दोषी प्रमाणित भएको व्यक्तिलाई बिगो र बिगोबमोजिमको जरिवाना भराई तीन महिनासम्मको जेल सजाय तोक्न सक्छ। 

प्रहरीले चेक बाउन्सका घटना हेर्न थालेसँगै चेक दुरुपयोगका घटना पनि बढ्दै गएका छन्। मिटर ब्याज कारोबारीले पनि चेकमार्फत नै कारोबार गर्ने गरेकाले त्यस्ता कारोबारीलाई पनि चेक बाउन्सले बढवा दिने गरेको छ। जुवा खालको लेनदेनदेखि सहकारीहरुबाट ऋण लिएका घटनामा समेत चेक बाउन्स गराउने गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन्। 

चेक बाउन्सको फाइदा केही प्रहरी अधिकारीले समेत लिने गरेका घटना बेलाबेला बाहिर आउने गरेका छन्। पूर्वडिआइजी नवराज सिलवालको मिटर ब्याज प्रकरण यसअघि नै सार्वजनिक भइसकेको छ। उनी जस्तै प्रहरीकै केही बहालवाला अधिकारीहरुले अहिले पनि मिटर ब्याजमा रकम लगाउने गरेको पाइन्छ। 

प्रहरीका अधिकारीमार्फत ‘मिटर ब्याज’ व्यवसाय चलाइरहेका ऋषि सुवेदीविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखामा केही समयअघि उजुरी परेको थियो। पूर्वका एक व्यवसायी कुमार पुरीमार्फत १५ लाख लिएर ६० लाख रुपैयाँ असुल गरेको र त्योभन्दा अझै बढी १५ लाख रुपैयाँ मागेपछि सुवेदीविरुद्ध पुरीले महाशाखामा मौखिक उजुरी नै गरेका थिए।

पुरीको मौखिक उजुरी आएपछि अपराध महाशाखाले सुवेदीमाथि छानबिन थालेको थियो। तर, सुवेदीले पुरीलाई बीचमै मिलाएर मुद्दा प्रहरीसम्म पुग्न नदिएको महाशाखा स्रोत बताउँछ।

‘ऋषि सुवेदीविरुद्ध प्रमाणसहित पुरी नआएपछि हामीले केही कारबाही अगाडि बढाउन पाएनौं,’ महाशाखाका एक अधिकृतले भने। 

ऋषिले प्रहरीका केही डिआइजी र एसएसपीमार्फत मिटर ब्याजमा रकम लगाउने गरेका छन्। यसरी मिटर ब्याजलाई प्रहरीले समेत संरक्षण गरेका यसका घटना बढेको देखिन्छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
ताजा समाचारसबै
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी अवस्था बुझ्न संसदीय समिति स्थलमै जाने बुधबार, वैशाख २३, २०८३
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल हुँदै बुधबार, वैशाख २३, २०८३
सुनको मूल्य बढ्यो बुधबार, वैशाख २३, २०८३
रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै बुधबार, वैशाख २३, २०८३
बीपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्