जनकपुरधाम– भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माण कार्य अन्तिम चरणमा छ। निर्माण सकेर यही वर्षको फागुनदेखि रेल सेवा सञ्चालनमा आउने भनिएको छ।
जनकपुरमा रेलवे स्टेसनको नयाँ भवन निर्माण हुने क्रममा छ। स्टेसनमा रहेका रेलका डिब्बाहरु भने सार्वजनिक शौचालयमा परिणत भएका छन्। ३ वर्षदेखि देशको एकमात्र रेल सेवा बन्द छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।