दमौली– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रियता जोगाउन एमाले अडिग रहेको बताएका छन्।
एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश र संघको चुनावपछि एमाले पहिले शक्ति हुने र उसकै नेतृत्वमा सरकार बन्ने जिकिर पनि गरे।
पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा एमाले पहिलो शक्ति भइसकेको र २ नं प्रदेशको चुनावमा पनि एमाले नै अगाडि आउने उनको दाबी छ। एमाले मधेस विरोधी नभएको बताउँदै ओलीले राष्ट्रियता जोगाउने भूमिकामा पार्टी अडिग रहेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।