दुनियाँ बेग्लै छ गीतबाट चर्चा बटुलेका अष्ट्रेलिया निवासी समिर आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले घिन घिन बज्यो मादलु बोलको गीत सार्वजनिक गरेका हुन् ।
समिरले आफ्ना बाबु गोविन्द आचार्यको एल्मवमा समाविष्ट टप्पा गीतलाई फ्यूजन गरेर नयाँ स्वरूपमा ल्याएका हुन् । गीतको शब्द तथा संकलन चिन्तामणी शर्माको हो।
प्रदिप लामाको कोरियोग्राफी रहेको यो गीतमा अभियान थापाको छायांकन तथा सम्पादन छ । यो गीतको भिडियोमा प्रदिप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मिया लगायतले नृत्य गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।