नेटवर्किङ ठगी : सरकारी वकिल कार्यालय अगाडि पैसाको बिटो बोकेर किन पुगे भारतीय?
नेपालमा ठग पक्रँदा भारतमा हंगामा, पक्राउ परेकामध्ये २ नेपाली

काठमाडौं - शुक्रबार प्रहरीले दरबारमार्गस्थित पाँचतारे याक एन्ड यति होटलबाट १२ जना भारतीय नागरिकलाई पक्राउ गर्यो। विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले संयुक्त अपरेसन गरी १२ भारतीयलाई पक्रेको थियो।
अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने उद्देश्यले नेपाल आएका १२ भारतीय पक्राउ परेका हुन्। तर पक्राउ परेका भनिएका १२ भारतीयमध्ये २ जना भने नेपाली रहेको खुलुको छ।
घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी परिसर काठमाडौं डिएसपी होबिन्द्र बोगटीका अनुसार भारत छत्तीसगढका भनिएका ४३ वर्षीय गिरिश उपाध्याय र भारत गुजरातका भनिएका २२ वर्षीय आयुश उपाध्याय नेपाली हुन्। उनीहरुसँग जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको नागरिकतासमेत भेटिएको बोगटीले बताए।
गिरिश नेटवर्किङ व्यवसाय साइन ग्रुपुका नेपाल प्रमुख रहको खुलेको छ। उनकै योजनामा नेपालमा भारतीयको एक समूह आएर काम गरेको पाइएको छ।
सयौं ठगिएको आशंका, गिरिशले मात्रै बनाए ६९ सदस्य
नेटवर्किङ व्यवसायमार्फत् सयौं नेपाली ठगिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। पिरामिड शैलीमा सदस्य बनाउँदै जाने र ठगी गर्ने उद्देश्य रहेको यो व्यवसाय नेपालमा भर्खरै सुरु गर्ने प्रक्रियामा रहेकाले धेरै नेपाली ठगिनबाट जोगिएको प्रहरीको प्रारम्भिक अनुमान थियो।
तर एक हप्ताको अनुसन्धानबाटै थुप्रै नेपाली सदस्य बनिसकेको पाइएको प्रहरीले जनाएको छ। प्रहरी अनुसन्धानका अनुसार अहिलेसम्म गिरिशले मात्रै ६९ जना सदस्य बनाइसकेको पाइएको छ।
उनले ३ जना नेपालीबाट १ करोड २३ लाखसमेत ठगी गरेको पाइएको डिएसपी बोगटीले बताए। अन्य सदस्यबाट समेत गरी करोडौं रुपैयाँ ठगी गरिसकेको हुनसक्ने प्रहरीले अनुमान छ।
त्यस्तै आयुषले भने १३ जना सदस्य बनाइएको पाइएको प्रहरीले जनाएको छ। नेपाली मूलका भनिएका तर भारतीय नागरिक महेन्द्र सिंहले पनि सदस्य बनाएर ठगी गरको प्रहरीले जनाएको छ। उनी बाजुरामा जन्मिएका व्यक्ति हुन्। पछि भारतीय नागरिकता लिएको बुझिएको प्रहरीले जनाएको छ।
उनीहरुले जति डलर लगानी गरेको हुन्छ, सोही बराबर कम्पनीले थप गरेर दिने र त्यसमा पनि केही प्रतिशत मुनाफासमेत दिनेु भन्दै रकम राख्न लगाएर ठगी गर्दै आएको पाइएको छ।
लखनउमा मात्रै २३ हजार करोडभन्दा बढी ठगी
साइन ग्रुपका म्यानेजिङ डाइरेक्टर ३४ वर्षीय रसिद नसिम हुन्। उनीसहितको समूहले साइन सिटी, साइन इन्फास्ट्रक्चर, साइन डाइमन्ड एन्ड गोल्ड र साइन फोरेक्सजस्ता विभिन्न कम्पनीमार्फत् रियल स्टेट, हिरा, सुन र विदेशी मुद्रा बिक्रीमा लगानी गर्ने भनी भारतका लखनउमा मात्रै २३ हजार करोड भन्दा ठगी गरेको पाइएको छ।
उनले विभिन्न व्यक्तिलाई ठूला सपना देखाएर करोडौं रुपैयाँ ठगी गरेको पाइएको हो।
कतिपय व्यक्तिलाई रकम फिर्ता गर्न भनेर दिएका चेकसमेत बाउन्स भएको पाइएको थियो। लखनउमा ठगी गरेपछि उनीहरुविरुद्ध पीडितले प्रहरीमा उजुरी गर्न सक्ने अवस्था थिएन।
प्रहरीले पक्राउ गरेपछि रकम फिर्ता गुर्नको सट्टा जेल जान तयार हुने बताएकाले रकम डुब्ने भन्दै उनीहरुविरुद्ध पीडितले उजुरी गर्न सकेका थिएनन्। रसिदले पनि प्रहरीले पक्राउ गरे कसैको पैसा तिर्न नसक्ने बताएका थिए। अहिले नेपालमा रसिदसहित उक्त समूहका सदस्य पक्राउ परेपछि रकम डुब्ने भन्दै लखनउमा हंगामा मच्चिएको छ।
त्यसपछि दुबईमा साइन कम्पनीको शाखा खालेको र त्यसको प्रमुखसमेत तोकिएको उनीहरुले बताएका थिए। त्यसबेला भारतीय मिडियाले समेत उक्त समाचार प्राथमिकताका साथ छापेका थिए। तर पछि प्रहरीले अनुसन्धान गरेपछि दुबईमा उक्त कम्पनीनै नरहेको पाइएको छ।
नेटवर्किङ व्यवसायमार्फत् १ हजार २ सय ५० अमेरिकी डलर लगानी गर्न लगाउने र सोही रकम बराबर कम्पनीले खातामा राखिदिने भन्दै उनीहरूले ठगी गर्ने गरेका थिए।
यसरी खाता खोलिसकेपछि जिमेलको आधारमा एउटै व्यक्तिको १ सय वटासम्म खाता खोल्न सकिने र मासिक १५ प्रतिशत कमिसन आफूले बनाएका अन्य सदस्यबाट थपिने समेत उनीहरुले प्रलोभन देखाएका थिए।
यसरी लगानी बढ्दै गएपछि १ करोड पुगेपछि उक्त व्यक्ति यस संस्थाको अध्यक्ष बन्नेसम्मका प्रलोभन उनीहरुले देखाएका थिए।
पैसाको बिटो बोकेर किन पुगे सरकारी वकिल कार्यालय अगाडि ?
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोही कम्पनीका थप ८ जनालाई आइतबार पक्राउ गरेको थियो। तीमध्ये बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालय अगाडिबाट २ जना पक्राउ परेका थिए।
उनीहरुका साथबाट प्रहरीले साढे ८ लाख बरामद गरेको थियो। उक्त रकमसँगै उनीहरु जिल्ला सरकारी वकिल कार्यालय अगाडिबाट पक्राउ पर्नुलाई शंकास्पद तरिकाले हेरिएको छ। पक्राउ परेकालाई छुटाउन दबाब आउनु र सरकारी वकिल कार्यालय अगाडिबाट ठूलो रकमसहित पक्राउ पर्नुलाई हामीले शंकास्पद रुपमा हरेका छौं, स्रोतल भन्यो, उक्त रकमको स्रोत पनि खुलेको छैन।
त्यस्तै पक्राउ परेका दुई जनाकै सूचनाका आधारमा ठमेलस्थित बैशाली होटलबाट ६ जनालाई ३३ लाख ५० हजारसहित पक्राउ गरेको थियो। १२ जना पक्राउ परेपछि रमकसहित उक्त गिरोह सरकारी वकिल कार्यालय चहार्दै हिँड्नुले शंका गर्ने ठाउँ उब्जाएको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।
अनुसन्धानलाई प्रभाव पार्न अदालतमा उजुरी, छुटाउन चौतर्फी दबाब
सामान्यतया प्रहरीले पक्राउ गरेर अनुसन्धानमै रहेको व्यक्तिले आफू निर्दोष भन्दै उजुरी दिन पाउँदैन। तर पक्राउ परेका १२ जनाले जिल्ला अदालत काठमाडौंमा आफूहरु निर्दोष रहेको भन्दै उजुरी दिएको कुरा बाहिर आएको छ। उनीहरुलाई छोड्न प्रहरीलाई चौतर्फी दबाब आएको थियो।
विभिन्न नेतादेखि भारतीय दूतावासले समेत चासोका साथ उक्त घटनालाई हेरका छन्। त्यसैगरी प्रहरीलाई छोड्न भन्दै प्रेसर पनि आइरहेको छ।
प्रहरीले छाड्न नमानेपछि १२ जना भारतीय गिरोहको समूहले अदालतमा उपस्थित भएको मौका पारेर जिल्ला अदालत काठमाडौंमा आफूहरु निर्दोष रहेको व्यहोराको उजुरी दिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। माथिल्लो लेभलकै पहुँचका आधारमा उनीहरुले यसरी निर्दोष रहेको व्यवहोराको उजुरी दिएको पाइएको छ।
अनुसन्धानलाई प्रभावित पार्न अनुसन्धानकै क्रममा रहेका व्यक्तिबाट उजुरी परेकाले अनुसन्धान अधिकृत आश्चर्यमा परेका छन्।
को को पक्राउ परे ?
एक हप्ताअघि याक एन्ड यति होटलबाट १२ जना र आइतबार ८ जना गरी अहिलेसम्म २० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत इलाहाबादका ३१ वर्षीय मोहम्मद साइजिल, सोही ठाउँका ३३ वर्षीय अजितकुमार सिंह, भारत छत्तीसगढका ४५ वर्षीय निरजकुमार मिश्र, उत्तरप्रदेशका ४३ वर्षीय अशोक कुमार, छत्तीसगढकै ४३ गिरिश उपाध्याय, भारतकै सोनभद्र ४० वर्षीय रमेश राम छन्।
त्यसैगरी भारत गुजरातका २२ वर्षीय आयुश उपाध्याय, उत्तरप्रदेशका ३८ का सुनिल उपाध्याय, लखनउका ३२ वर्षीय कसिफ सकिल, सोही ठाउँ सारामाइला बस्ने ३२ वर्षीय गजेन्द्रकुमार सिंह, नयाँदिल्लीका ४३ वर्षीय रसिद नसिम र बेङ्लोरका ३५ वर्षीय ३५ वर्षीय महेन्द्र सिंह छन्।
उतरप्रदेश प्रतापगढका ३० वर्षीय महोमद जिया, उत्तरप्रदेशकै ३५ वर्षीय नितिन श्रीवास्वत, कानपुरका ४३ वर्षीय रवि तिवारी, प्रयागराजका ३२ वर्षीय अटल त्रिपाठी, उत्तरप्रदेशका ३० वर्षीय महोमद सेयाफ, कुशीनगरका २९ वर्षीय मरुलएन वारसी, उत्तरप्रदेशका ३२ वर्षीय तेजनारायण शुक्ला र प्रयागराजका ४० वर्षीय राजेशकुमार शुक्ला छन्।
प्रहरीले उनीहरुको साथबाट १७ थान मोबाइल, १ थान आइप्याड, १ थान ल्यापटप, ३ थान मेमोरी कार्ड र १ थान हार्डडिस्क बरामद गरेको छ।
- सिजिको वासिङ मेसिन खरिदमा इलेक्ट्रिक हिटर उपहार
- 'गरिमा' पीडितलाई क्षतिपूर्ति दिन कानुनी र आर्थिक झन्झट, तेस्रोपटक अध्ययन गर्दै मन्त्रालय
- एनआइसी एसिया बैंकका दुई नयाँ शाखा सञ्चालनमा
- पौडेल पक्षले उठाएका धेरै विषयमा चाक्सीबारी बैठक सकारात्मक, आ–आफ्नो पक्षलाई ‘ब्रिफ्रिङ’ गरिँदै
- जुम्लाको पाटनमा हराएको भनिएका सबै जना सकुशल घर फर्किए
- पिपिएल : रोमाञ्चक बनेको दोस्रो खेलमा धनगढी ५ रनले विजयी
- विश्वासिलो आधार सहितको योजना भए सरकारले वायुसेवा निगममा ५० अर्ब लगानी गर्छ : मन्त्री भट्टराई
- सांसदलाई रकम वितरण नगर्न माग गर्दै सांसद नै पुगे सर्वोच्च
- नागरिकता संशोधन विधेयकले बंगलादेश पनि भारतसँग चिढियो
- व्यक्तिको नाममा बनाइएको १९ बिघा जमिनको दर्ता खारेजी
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- सिन्धुपाल्चोकमा फेरि दुर्घटना, १८ जना घाइते, ४ को अवस्था गम्भीर
- हामी दर्जनौं ठाउँको अध्ययनपछि निजगढ पुगेका हौं, अब यो निर्विकल्प हो दायाँ बायाँ हुँदैन : योगेशकुमार भट्टराई
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- ५ वर्ष नाघेका मुद्दा स्थगित नगर्न सर्वोच्चद्वारा वकिलहरुलाई आग्रह
- ज्वाईं घुस खाने जेठान लगानी गर्ने, अख्तियारले दुवैलाई हाल्यो भ्रष्टाचार मुद्दा
- धनुषामा बम विस्फोट : प्रहरी इन्सपेक्टरसहित ३ जनाकाे मृत्यु
- अब ९ बजेपछि स्कुलबस चलाउन नपाइने
- प्रवक्ताबाट रिटायर्ड हुन राजनीतिमा आएको होइन : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]
- कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- उपनिर्वाचनको जगमा ०७९ को चुनावलाई मिसन बनाएर अघि बढ्छौंः प्रवक्ता शर्मा [अन्तर्वार्ता]
- समयमा उपस्थित नगराएपछि केन्द्रीय कारागार जगनाथदेवलका प्रमुखलाई कारबाही गर्ने अदालतको चेतावनी
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी
- ‘राजनेता’ उत्पादन गर्ने अदभूत कारखाना, जमानत जफत हुनेहरुको ‘नयाँ धन्दा’
- ठमेलको एक भेटबाटै १५ करोड ठगी
- ट्याक्सी खोज्न ‘ट्याक्सीमान्डु’ एप सुरु
- साग पुरुष फुटबल: भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण