काठमाडौं– लामो समयपछि अभिनेत्री रेखा थापा र आर्यन सिग्देलको एकसाथ आउन लागेको फिल्म रूद्रप्रियाको सेन्टिमेन्टल गीतको भिडियो आज सार्वजनिक भएको छ। कार्तिक २ गते रिलिज हुने फिल्मको घरी घरी आउँछ तिम्रो बोलको गीतको ओएसटी भिडियो सार्वजनिक गरिएको हो।
सार्वजनिक गीत फिल्मको कथासँग बग्ने भएकाले दर्शकलाई संस्पेन्समै राख्न उनले गीतको प्रोमसनल भिडियो गीत सार्वजनिक गरेको बताएकी छन्। रेखाले यो फिल्म आफ्ना अरु
फिल्म भन्दा फरक शैलीमा आउन लागेको बताउँदै आएकी छन्। यो सेन्टिमेन्टल गीतना सुरेश अधिकारीको शब्द र संगीत रहेको छ। गीतमा बनिका प्रधानको स्वर रहेको छ। रेखा थापा फिचरिङ गीतको भिडियोलाई हिमग्याप लामा (टासी)ले छायाङ्कन गरेका छन्। सुदीप ‘बबी’ भुपाल सिंह निर्देशित फिल्मलाई रेखा थापाले रमेश एम के पौडेलसँग मिलेर बनाएकी हुन् । फिल्मको ट्रेलर आगामी सोमबार रिलिज हुनेछ।
नेपाल लाइभको पेज लाइक गर्नुहोस् ....
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।