काठमाडौं– लोक सेवा आयोगले हालै जारी गरेको कर्मचारी भर्ना बिज्ञापनको समाजबादी पार्टी नेपालले पनि बिरोध जनाएको छ। स्थानीय सरकार सञ्चालन ऐन विपरित संघीय लोक सेवाले नै कर्मचारी माग गरेको भन्दै बिरोध जनाएको हो।
लोक सेवाबाट गरिने हरेक बिज्ञापनमा समानुपातिक र समावेशी प्रतिनिधित्व हुने भएपनि यसपल्ट त्यसो नगरिएको प्रति पनि आपत्ति जनाइएको छ। केन्द्री उपमहासचिव प्रकाश अधिकारी हस्ताक्षरित बिज्ञप्तिमा उक्त बिज्ञापन अविलम्ब फिर्ता लिएर संघीयताको भावना र मर्म सुरक्षित गर्न अपिल गरिएको छ। संविधान विपरितका यस्ता कार्य हुन नदिने चेतावनी पनि समाजवादी पार्टीले दिएको छ।
यो पनि पढ्नुहोस्– लोक सेवाको विज्ञापन किन भयो यति धेरै विवादित?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।