• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

आरुबोटे नरसंहार-४ : सवा घन्टामै यसरी गरियो ९ जनाको हत्या 

ढोका तोडफोडबिनै कसरी भयो हत्याराको 'इन्ट्री'?
64x64
नारायण अधिकारी बुधबार, जेठ २२, २०७६  १७:३५
1140x725

नारायण अधिकारी, लिलु डुम्रे।

आरुबोटे (पाँचथर)– गत जेठ ६ गते रातिको घटनाले पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटका बासिन्दा अझै पनि राम्ररी निदाउन सकेका छैनन्। आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्मा (ससुरा-ज्वाइँ) का परिवारका ९ जनाको हत्यामा बमबहादुरकै ज्वाइँ मानबहादुर माखिमको हात रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

उक्त नृशंस हत्याकाण्डमा मानबहादुर कसरी यतिसम्म क्रूर बन्न सके होलान्? घटना उत्पन्न गराउन सक्ने कारक केके थिए? प्रहरीले अनुसन्धान सकिसकेको छैन। उक्त घटनाको यथार्थ बुझ्न नेपाल लाइभ टिम पनि घटनास्थल आरुबोटे नै पुगेको थियो। हामीले उक्त घटनासँग जोडिएका पारिवारिक सम्बन्ध, आर्थिक लेनदेन, सामाजिक कारणसमेत खोतलेका छौं। मानबहादुरको व्यवहार, मनोदशा र विगतबारे पनि तथ्यहरु जुटाएका छौं। जसलाई शृंखलाबद्ध रुपमा प्रस्तुत गर्ने नै छौं।

अघिल्लो शृंखलामा घटना भएको दिन मानबहादुरको गतिविधि र भिनाजुसँग भएको अस्वाभाविक कुराकानीका बारेमा लेखेका थियौं। यो चौथो शृंखलामा लगभग सवा घन्टाको अवधिका मानबहादुरले कसरी छप्काए ९ जनालाई? घटनापछि मानबहादुर कता लागे? यिनै विषय समेटेका छौं।

OOO

जेठ ६ गते राति १०:३० बजेसम्म आरुबोटे सामान्य अवस्थामा हुन्छ। धनराजको घरमा पुगेर झारफुक सकेर धामीहरु साढे १० बजे त्यहाँबाट निस्कन्छन्। तर, केहीबेरमै आएको हावाहुरीसहित ठूलो पानी पर्न थाल्छ। धामी हर्कमान र उनका साथी सुरेशमान नजिकैको देउमान तामाङको घरमा छिर्छन्। 

जब बिहान उठेर उनीहरु पाइला चाल्छन् तब मात्रै उनीहरुले थाहा पाउँछन्- धनराज र बमबहादुरको परिवार सखाप भो रे!

जब धनराजको घरबाट झारफुक गर्ने धामीहरु साढे १० बजे निस्किए। के त्यसपछि नै धनराजको परिवारमाथि आक्रमण भयो? 

nimb
nimb
Ncell 2
Ncell 2

तर, त्यति छिट्टै यो घटना सुरु भएको प्रहरीले  विश्लेषण गरेको छैन। खास कुन समयमा भयो यति ठूलो नरसंहार? हामीले पाँचथरका डिएसपी नरेन्द्र कुँवरलाई सोध्यौं।

डिएसपी नरेन्द्र कुँवर

'धामीहरु निस्कनेबित्तिकै परिवारका सदस्यहरु निदाइसकेका हुँदैनन्। ननिदाएको अवस्थामा एकै परिवारका सबै सदस्यको हत्या गर्न असम्भव जस्तै छ। जसकारण करिब ११ बजेबाट हत्या सुरु भएको देखिन्छ।'

सो रात ९ बजे धनराजको घर वरपर मानबहादुरको उपस्थिति देखिएको प्रहरीले पत्ता लगाइसकेको थियो।

'स्ट्रोङ, कम स्ट्रोङ गर्दै सबैभन्दा कम टावर टिप्नेसम्म गरी एउटा मोबाइल टावरका ६ वटासम्म लेयर हुन्छन्, 'हत्या अनुसन्धानलाई सूक्ष्म ढंगले केलाइरहेका डिएसपी कुवँरले प्रष्ट पार्न खोज्दै भने, 'धनराजकी श्रीमतीको मोबाइल पनि स्ट्रोङ टावरले क्याच भएको र मानबहादुरको पनि सोही ठाउँको टावरबाट स्ट्रोङ क्याच भएकाले उनी धनराजकै घर वरपर भएको पुष्टि हुन्छ।'

त्यसो त मानबहादुरले साढे ९ बजे एक व्यक्तिलाई सोही ठाउँबाट कल गरेका थिए। त्यसपछि उनको मोबाइल कनेक्सन कतै देखिन्न। यात मोबाइल अफ गरे, या फ्लाइट मोडमा राखे।

धनराजको घर सामान्य छ। ढुंगा माटोको गारो र जस्ताको छानो। घरको पश्चिमतर्फ तीन ढोका छन्। बीच ढोकाबाट भित्र पस्नेबित्तिकै उनीहरु सुतेको ठाउँमा पुगिन्छ। 

धनराजको घर

आश्चर्य त ढोका तोडफोडबिना नै हत्यारा भित्र पस्छ। ढोका बिग्रिएको, चुक्कुल तोडफोड गरेको देखिँदैन। 

कसरी प्रवेश गर्‍यो होला हत्यारा? 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले दुई वटा विश्लेषण गरे। पहिलो– धामीहरु त्यस घरबाट बाहिरिएको केहीबरेमै हावाहुरीसहित पानी परेको थियो। हत्याराले ढोका ढकढक्याउँदा धामीहरु फर्किएर पो आए कि भनेर  भित्रबाटै खोलिदिएको हुनुपर्छ।

दोस्रो– त्यस दिन अबेर रक्सी खाएर सुतेकाले ढोका नै लगाउन बिर्सिएको पनि हुन सक्छ। 

एकै कोठामा ५ शव 
धनराजको परिवारका सबैको शव एउटै कोठामा थिए। धनराज, उनकी श्रीमती जस्मिता र दाइकी छोरी इच्छाको शव भुइँमा लडिरहेको थियो। दुई छोरीहरु युहाना र मुनाको शव भने खाटमाथि ओछ्यानमा। 

धनराजका छोरीहरु युहाना र मुनाको शव। उनीहरु दुवै सिसाकाण्डमा बिरामी भएका थिए

बिहान प्रहरी घटनास्थल पुग्दा रगतसमेत सुकेर कालोकालो भइसकेको थियो। धनराजको शव उत्तानो अवस्थामा र श्रीमती जस्मिताको घोप्टो अवस्थामा प्रहरीले फेला पारेको थियो। निलो कट्टु र सतो गन्जी लगाएर सुतेका धनराजको दाहिने तिघ्रामा दुई ठाउँमा आधा छिन्ने गरी धारिलो हतियार प्रहार भएको प्रष्ट देखिन्थ्यो। उनको अनुहारमा पनि गहिरो चोट थियो। हत्याराले धनराजको लिंगमा समेत प्रहार गरेका थिए।  श्रीमती जस्मिताको दुवै हात छिन्न केही अंश मात्रै बाँकी रहेको अवस्थामा भेटिएको थियो। 

'हात काट्दा जस्मिताले नाडीमा लगाएको बालासमेत काटिएको थियो,' अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक पौडेलले सुनाए। 

प्रहरी निरीक्षक अनिलकुमार पौडेल

जस्मिता र धनराजसँगै उनका दाइकी छोरी इच्छाको शव पनि भुइँमै थियो। भुइँको ओछ्यानमै तीन जनाको शव लडेकाले उनीहरु उठ्न नपाउँदै हत्या गरिएको प्रहरीको विश्लेषण छ।

निलो, सेतो र रातो कलर मिसिएको छिर्केमिर्के सुरुवाल, माथि कालो र पातलो ज्याकेट लगाएको टाउकोमा मात्रै चोट भएको अवस्थामा धनराजकै एक छोरीको शव भेटिएको थियो। सुन्तला कलरको सुरुवाल र माथि सेतो टिसर्ट लगाएको अवस्थामा टाउकोमा चोट लागेको अर्की छोरीको शव थियो। खाटमा उत्तानै अवस्थामा भेटिएकाले उनीहरु पनि उठ्न नपाउँदै हत्याराले छप्काएको विश्लेषण प्रहरीको छ।

ओछ्यान रगतले लछप्पै भिजेको। मुडा, ग्लास, चप्पल, हातमा लगाउने पञ्जा, थाल शव वरपर छरिएका। प्रहरी घटनास्थल पुग्दा यही दृश्य थियो। धनराजको घरको ढोकामा लागेका रगतका टाटाहरु अझै प्रष्ट देखिन्छन्। प्रहरीका अनुसार दुई घरमै घटना गराउँदा हत्याराले जुत्ताचप्पल लाएका थिएनन्। 

हातखुट्टा धोएर हत्यारा बमबहादुरको घरमा 
पहिले धनराजको परिवारलाई सिध्याएर हत्यारा उनका ससुरा बमबहादुरको घरतिर लागेको प्रहरी निष्कर्ष छ।

धनराजको घरको उत्तरतर्फको आँगनको डिलमा पानी थाप्ने गरेका ३/४ वटा कालो ड्रम राखिएका थिए। धनराजको घरबाट काम फत्ते गरेर निस्किएको हत्याराले तिनै ड्रममा राखिएको पानीमा हातखुट्टा धोएको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पौडेल बताउँछन्। ड्रम र भुइँमा समेत रगतका केही टाटा भेटिएपछि प्रहरीले यो निष्कर्ष निकालेको हो।

हत्या गरिसकेपछि बमबहादुरको घर जाने बाटोतर्फ २०/२५ मिटर टाढासम्म रगतका टाटाहरु फेला परेको थियो। हत्या भइसकेपछि भोलिपल्ट संघीय प्रहरी कार्यालय धरानबाट एसएसपी शरद खत्रीको टोली कुकुरसहित घटनास्थल पुगेको थियो। त्यसबेला कुकुरले समेत हत्यारा बमबहादुरको घरतर्फ भएको 'लोकेट' गरेको प्रहरीले जनाएको छ।

सिरानीको खुकुरीले बमबहादुरलाई जोगाएन
धनराजका परिवारका सबैको हत्या भएपछि दक्षिण-पश्चिममा रहेको (१० मिनेट पैदल दुरी) बमबहादुर फियाकको घरतर्फ हत्यारा अघि बढ्छ। बमबहादुरको घर भएको टोललाई फियाक टोल भनेर पनि चिनिन्छ। ढुंगा-माटोको गारो र जस्ताको छानो। सानो एकतले घर। मुल ढोकाअगाडि सानो बरण्डा। बरण्डाको पूर्वी भागलाई जस्ताले बारेर एउटा खाट राखिएको। बमबहादुर यही खाटमा सुत्थे।

यहीँ सुत्थे बमबहादुर

उनको सिरानमा उध्याएर राखिएको धारिलो खुकुरी कहिल्यै छुट्दैन थियो। 'बुवाको लास खाटमा अडेस लागेर ठडिएको अवस्थामा थियो,' बमबहादुरकी साइँली छोरी बुद्धमाया खजुम भन्छिन्, 'बुबा सधैं खुकुरी सिरानमा राखेर सुत्थे। त्यसदिन पनि सिरानै खुकुरी थियो। दाप चाहिँ उ: त्यहाँ झुन्ड्याउनुहुन्थ्यो। हेरिसक्नु थिएन। बाबुको त आँखै थिएन।'

सुरक्षाका लागि बमबहादुरले सिरानमा राखेको त्यो धारिलो खुकुरीले उनलाई बचाउन सकेन। खुकुरीबाटै उनको ज्यान गयो। 

ढोकाबाहिरको खाटमा एक्लै सुतेकाले हत्याराले सुरुमा बमबहादुरलाई नै निसाना बनाएको प्रहरीको विश्लेषण छ। 

आफू सत्ने खाटमुनि बमबहादुरले ट्वाइलेट बनाउन भनेर ल्याइएको बालुवा राखेका थिए। उक्त बालुवा छरिने भयो भन्दै बोरामा बालुवा भरेर उनले वरपर घेरेका थिए। त्यही बोरा र आफू सुत्ने खाटमा अडेस लागेको अवस्थामा उनको शव भेटिएको थियो। हत्याराले बमबहादुरको टाउको र अनुहारभरि प्रहार गरेका थिए। दौरा-सुरुवाल लगाएका मानबहादुरको ढाकाटोपी पनि भुइँमा खसेको थियो। जेठा ज्वाइँ रणबहादुर लिम्बू बमबहादुरको हातको औंला पनि भोलिपल्ट सोही ठाउँमा भेटेको बताउँछन्।

मनकुमारीको खुट्टामा चप्पल 
बमबहादुर बाहिर मारिए भने उनकै घरभित्र श्रीमती पुर्सिमाया, कान्छी छोरी मनकुमारी र नातिनी श्रेयाको हत्या भयो। उनीहरु घरभित्र भुइँतलामा सुत्थे।

मानबहादुरकी पत्नी मनकुमारीको शव भने मुलढोकाको ठिक भित्रपट्टि फेला परेको थियो। अन्य दुई जनाको शव ओछ्यानमा।

तर, अच्चमको कुरा मनकुमारीले खुट्टामा भने चप्पल थियो। बमबहादुरको घरमा पनि ढोका तोडफोड भएको थिएन। 

मुलढोकामै ढलेकी मानबहादुरकी पत्नी मनकुमारी। जसको खुट्टमा चप्पल देख्न सकिन्छ

यसबारे हामीले अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक पौडेललाई सोध्यौं।

'बाहिर बमबहादुरको हत्या गर्दै गरेका बेला भित्र रहेकी मनकुमारीले थाहा पाएको हुनुपर्छ। बाहिर आवाज आएपछि के भयो भनेर मनकुमारी चप्पल नै लगाएर ढोका खोल्न आएकी थिइन् कि। त्यही बेला हत्याराले मनकुमारीलाई मारेर भित्र प्रवेश गरेको हुन सक्ने हाम्रो विश्लेष्ण छ,' प्रहरी निरीक्षक पौडेलले भने, 'मनकुमारीको लास ढोकामै हुनुले पनि यो कुरालाई पुष्टि गर्छ।'

ढोका तोडफोड नगरी हत्यारा भित्र प्रवेश गर्नु र मनकुमारीको खुट्टामा चप्पल हुनुले पनि उनी बाहिरको आवाज सुनेर के भयो भन्दै ढोका खोल्न आइपुगेको हुन सक्ने प्रहरीको विश्लेषण हो। 

करिब ११ बजेबाट हत्या गर्न थालेको हत्याराले सवा १२ बजेको अवधिमा ९ जनाको हत्या गरिसकेको प्रहरी अनुमान छ। 

टाउकोमा प्रहार गरिएको छ भने टाटेपाटे सुरुवाल र रातो पातलो स्विटर लगाएर सुतेकी मनकुमारीको पेटमा निसाना बनाई धारिलो हतियार रोपिन्छ। उता धनराजको लिंग, उनकी श्रीमतीको हातमा बढी प्रहार भएको छ। 

मानबहादुरले साढुदाइको लिंगलाई र पत्नी मनकुमारीको पेटलाई नै टार्गेट बनाएर किन खुकुरी प्रहार गरे? यसको केही संकेत हुन सक्छ? यसको अपत्यारिलो कारणबारे हामीले खोतलेका छौं। बाँकी अर्को शृंखलामा।

आरुबोटे नरसंहार : नेपाल लाइभका यसअघिका शृंखला
आरुबोटे नरसंहार-१ : नौ जनाको हत्या घटनामा कसरी जोडियो सिसाकाण्ड?

आरुबोटे नरसंहार-२ : आरुबोटेमा सिसाकाण्ड, हत्या आरोपी मानबहादुर फिदिमतिर

आरुबोटे नरसंहार-३ : हत्याअघि मानबहादुरको त्यो कल– एउटैले २० जना मार्न सक्छ!

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित... मंगलबार, असार ३०, २०८३
विष्णु पौडेलको चौथो पटक म्याद थपियो आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । बुधबार, असार २४, २०८३
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] यस्तै उक्त मुद्दामा ७ जनाले सफाइ पाएका छन् । रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र... मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्