• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संक्रमणकालीन न्यायबारे बालुवाटारमा तीन नेताबीच छलफल, टुंंगिएला ऐन संशोधनको विवाद? 

द्वन्द्वकालीन मुद्दा आफैं मिलाउँछौं, विदेशी प्रक्रियालाई महत्व दिएका छैनौं : नेम्वाङ
64x64
नेपाल लाइभ बुधबार, जेठ २२, २०७६  १७:५०
1140x725

फाइल तस्बिर


काठमाडौं– संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन प्रधानमन्त्री निवास बालरवाटरमा मुख्य ३ नेताबीच छलफल भएको छ।

मंगलबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शार्मा ओली, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दालहा ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको हो। 

बैठकमा नेकपाबाट अन्य नेताहरू सुवास नेम्वाङ, वर्षमान पुन र कांग्रेसबाट नेताहरू नेता रमेश लेखक र मिनेन्द्र रिजाल सहभागी थिए। 

बैठकमा सहभागी नेकपा नेता नेम्वाङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंग्याउनेबारे सकरात्मक छलफल भएको बताए। ‘यो नियमित बैठक हो,’ उनले भने, ‘यसमा धेरै पहिलेदेखि नै कुराकानी भइरहेको थियो।  ऐन संशोधनका विषयमा के सहयोग गर्नुपर्छ भन्नेमा छलफल गर्‍यौं? हामी यसमा अब सकरात्मक भएर अघि बढ्नुपर्‍यो भन्ने कुरा भयो।’

उनले आयोगमा पदपूर्ति गर्न सिफारिस समितिले काम गरिरहेको र संसद्को यही सत्रमा छलफल गराएर विधयेक टुंगो लगाउने बताए। ‘आयोग चाँडो बनाउने बारे सिफारिस समितिले काम गरिरहेको छ,’ उनले भने, ‘सिफारिस समितिले काम गर्ला। बिधेयक बनाउने कुरा छ। त्यो चाहिँ चाँडै हाउसमा लगेर टुंग्याउने विषयमा छलफल भयो। संसद्को हाउसमा हामी विधयेक चाँडै लैजान्छौं।’

द्धन्द्धपीडितले भने सर्वोच्च अदालते २०७१ सालमा दिएको आदेश र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ऐन संशोधन हुनुपर्ने माग गरिरहेका छन्।

सर्वोच्चले १४ फागुन २०७१ द्वन्द्वकालका मुद्दामा आम माफी दिन नहुने, व्यक्ति वेपत्ता पार्ने लगायतका गम्भीर मुद्दालाई आपराधीकरण गर्नुपर्ने लगायतको आदेश दिएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

नेम्वाङले अन्तर्राष्ट्रिय मान्यता र सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेरै ऐन संसोधन हुने बताए। ‘हामी ऐनलाई टुंगोमा पुर्‍याउने कुरामा सकरात्मक छौं,’ उलने भने, ‘अन्तर्राष्ट्रिय मान्यता, सम्मानित सर्वोच्च अदालतको फैसलालाई हामीले ध्यान दिएका छौं।’

बैठकमा सहभागी कांग्रेस नेता रिजालले भने बैठकमा भएको छलफलका विषयमा खासै खुल्न चाहेनन्। उनले विभिन्न विषयमा छलफल जारी रहेकाले त्यसको टुंगो नलागेसम्म नबोल्ने बताए। ‘यो विषयमा हामी टुंगो लगाउने क्रममा छौं,’ रिजालले भने, ‘अहिले यो विषयमा बाहिर धेरै नबोलौं।’ 

नेपालको संक्रमणलीन न्यायको विषयमा विदेशीले समेत निकै चासो दिने गरेका छन्। यस सम्बन्धी पछिल्लो चासो नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बडले देखाएका छन्। उनले नेपाली नेताहरू युद्ध अपराधको मुद्दामा पक्राउ पर्नसक्ने समेत चेतावनी दिएका छन्।

‘संक्रमणकालीन न्यायका मुद्दा सम्बोधन हुन जरुरी छ,’ आफ्नै निवासमा मंगलबार केही पत्रकारसँग बडले भने, ‘त्यसमा सरकार र सरोकारवाला निकाय सचेत हुनैपर्छ। यसमा उल्लेख्य प्रगति हुन सकेन भने जोकोही पनि अन्तर्राष्ट्रिय कानुनको फन्दामा पर्न सक्छ।’

नेकपा नेता नेम्वाङ भने आफूहरूले विदेशीका यस्ता भनाईलाई खासै महत्व नदिएको बताए। संक्रमणकालीन न्यायको विषय नेपालको आन्तरिक मामिला भएको भन्दै उनले सबै एक भएर यसलाई टुंग्याइने बताए। ‘वास्तवमा हामीले ती कुराहरुलाई त्यति ध्यान दिन आवश्यक ठानेका छैनौं,’ उनले भने, ‘किन भने यो हाम्रो आन्तरिक विषय हो। हामी सबै एक भएरै यो विषय टुंग्याउँछौं।’

संक्रमणकालीन न्यायलाई टुंगो लगाउन बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद माघ २६ गते सकिएको थियो। 

ती आयोगको म्याद सरकारले थप एक वर्ष थपेको थियो। आयोगको म्याद थपे पनि पहिलेका दुवै आयोगका अध्यक्ष र सदस्यहरूलाई चैत मसान्तसम्मका लागि मात्रै सरकारले निरन्तरता दिएपछि अहिले दुवै आयोग खाली छन्। 

गत ७ र ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले ती दुई आयोगमा रिक्त हुने पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय समिति बनाएको थियो।

समितिले चैत २५ गते पहिलोपटक ७ दिनको म्याद दिएर आवेदन आह्वान गरेको थियो। आवेदक बढेपछि समितिले दोस्रो पटक १० दिन थपेर गत बैशाख १७ गेतसम्मको समय दिइएको थियो।  आयोगका लागि  ५७ जनाले आवदेन दिएका छन्।

तर, समितिले अहिलेसम्म कुनै पनि नाम सिफारिस गर्न सकेको छैन। सिफारिस समितिका एक जना सदस्य प्रकाश वस्तीले आवेदकमाथि अध्ययन भइरहेको बताए।

‘५७ जनाको दर्खास्त परेको छ र हामी ५ जनासँग ५७ जनाको फाइल छ,’ उनले भने, ‘अध्ययन गर्नलाई समय लिएका छौं।’

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक शनिबार, जेठ २, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सरकारलाई कांग्रेसको प्रश्न : नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन शनिबार, जेठ २, २०८३
हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न संघलाई आग्रह शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्