वीरगञ्ज (पर्सा)- पूर्वमन्त्री तथा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन २०७४ प्रचारप्रसार उपसमितिका केन्द्रिय संयोजक रमेश लेखकले समृद्धि र सम्भावना बोकेको वीरगञ्ज महानगरपालिकाको लागि कांग्रेसको नेतृत्व अनिवार्य रहेको बताएका छन्।
नेपाल प्रेस युनियन पर्साले वीरगञ्जको होटेल भिसवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले वीरगञ्जको समग्र विकास निर्माण तथा कागजी रुपमा घोषणा भएको महानगरलाई वास्तविकतामा परिवर्तन गर्न काग्रेस उम्मेदवार अजय द्विवेदीको विकल्प नरहेकोमा जोड दिए।
पर्साको सम्पूर्ण गाउँपालिका तथा नगरपालिकामा कांग्रेसले नयाँ परिकल्पनाका साथ अघि बढ्ने खाका तयार पारेको उनको भनाइ छ। मधेसको मुद्दा बोक्ने क्षमता कांग्रेस बाहेक अरु कुनै पार्टीसंग नभएको दाबी गर्दै उनले संविधान संशोधनका लागि सरकारले पेश गरेको संशोधन प्रस्ताव फेल भए पनि संशोधनका लागि फेरि प्रयास गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।