काठमाडौं–आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत आज दिउँसो दाबेदार मानिएका भारत र अस्ट्रेलियाबीच खेल हुँदैछ। दिउँसो सवा तीन बजे लन्डनमा हुने खेलमा भारतले रेकर्ड बनाउन सक्ने अनुमान गरिएको छ
रेकर्ड बनाउन सक्ने खेलाडीको अग्रपंक्तिमा भारतका ओपनिङ ब्याट्सम्यान रोहित शर्मा छन्। उनले पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेका थिए।
विश्वकपका सबैभन्दा बढी शतक बनाउने टिमको रेकर्ड अस्ट्रेलियाको नाममा थियो। अस्ट्रेलियाले विश्वकपमा अहिलेसम्म २६ शतक प्रहार गरेको छ। रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेसँगै भारतले अस्ट्रेलियाको रेकर्ड बराबरी गरेको थियो। आइतबार भारतले शतक प्रहार गरे अस्ट्रेलियालाई पछि पार्नेछ।
यस्तै खेलमा रोहितले अस्ट्रेलियाविरुद्ध २ हजार रन पूरा गर्न २० रनले टाढा छन्। उनले आइतबार २० रन बनाए भारतविरुद्ध छिटो २ हजार रन पूरा गर्ने रेकर्ड बनाउनेछन्। यसअघि अस्टरेलियाविरुद्ध भारतका सचिन तुन्दुलकर, वेस्ट इन्डिजका भिभियन रिचर्डस र डेसमनड हेन्सले २ हजार रन पूरा गरेका थिए। सचिनले ५१, डेसमन्डले पनि ५१ र भिभियनले ४५ इनिङमा २ हजार रन पूरा गरेका थिए। रोहितले भने आइतबार अस्ट्रेलियाविरुद्ध ३७औं इनिङ खेल्दैछन्।
अस्ट्रेलियाविरुद्ध रोहितले ७ शतक बनाएका छन्। अस्ट्रेलियाविरुद्ध बढि शतक प्रहार गर्ने खेलाडी सचिन हुन्। उनले ९ शतक बनाउदा कप्तान विराट कोहलीले ८ शतक प्रहार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।