जनकपुर– फ्रुटीको प्याकेटमा कोरेक्स नामक लागुऔषध भित्र्याउने एक युवक पर्सामा पक्राउ परेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ का २६ वर्षीय सुशील अर्याल पक्राउ परेका हुन्।
सिमावर्ती भारतीय सहर रक्सौलबाट फ्रुटीको ८ प्याकेटमा कारेक्स ल्याइरहेका बेला अर्याल पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा टोलीले भन्सार गेटबाटै राईलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको डिएसपी तिलक खड्काले जानकारी दिए।
मधेसका जिल्लाहरूमा लागुऔषधको सेवनकर्ता अत्यधिक छ। भारतबाट अवैध रुपमा विभिन्न तरिकाले लागुऔषध भित्र्याउँदा प्रहरीले पक्राउ गर्न थालेपछि अर्याल नयाँ तरिका अपनाएका थिए।
तर, प्रहरीले चेकजाँचका क्रममा फ्रुटीको प्याकेटमा कोरेक्स भेटिएपछि राईलाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।