• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पाँच महिनादेखि नेपाल एयरलाइन्सको बोइङ ग्राउन्डेड, १६० दिनमा ३५ दिन मात्रै उड्यो वाई–१२

वाइडबडी भित्रिएको वर्ष दिन पुग्नै लाग्दा पनि थपिएन नयाँ गन्तव्य
64x64
नेपाल लाइभ मंगलबार, जेठ २८, २०७६  ०८:०८
1140x725

नेपाल एयरलाइन्सको ग्राउन्डेड बोइङ-७५७।


काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका ८ वटा विमान अहिले ग्राउन्डेड छन्। ग्राउन्डेड भएका ८ विमानमध्ये पनि अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुँदै आएको बोइङ-७५७ ग्राउन्डेड भएको झन्डै ५ महिना पुग्नै लागेको छ।

बोइङ ग्राउन्डेड हुनअघि सोही विमानमार्फत नेपाल वायुसेवा निगमले सातामा मलेसियामा ३ र दिल्लीमा ३ वटा उडान गर्दै आएको थियो।

२८ अक्टोबर, २०१८ मा निगमले मर्मतका लागि बोइङलाई मलेसिया पठाएको थियो। विमान मर्मतपछि १६ जनवरी, २०१९ मा विमान मलेसियबाट काठमाडौं आउँदै थियो। तर, आकाशमै उडिरहेको बेला 'विङ स्क्रिन’ बिग्रन गयो। समस्या आए पनि विमान काठमाडौं विमानस्थलमा अवतरण गरिएको थियो।

त्यसपछि केही दिन विमान ग्राउन्डेड भयो। ग्राउन्डेड भएको विमान प्राविधिक टोलीले मर्मत गरेर उडान योग्य बनाए। तर, उडानका लागि योग्य हुँदा पनि बोइङ उडान गरिरहेका पाइलटहरुको सिप परीक्षण प्रमाणपत्र (पिपिसी) को म्याद सकिएका कारण उडान हुन सकेको छैन।

तर, निगम व्यवस्थापनले अझैसम्म पाइलटहरुको पिपिसी नवीकरण गर्न चीन पठाउने तयारी गरेको छैन। पाइलटहरुले पनि विमान नै नउडाई बेसिक ४५ घन्टा बराबरको मासिक २ लाखभन्दा बढी तलब लिइरहेका छन्।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सो विमानको उडान गराउने वा नगराउने भन्ने अन्योलका कारण ग्राउन्डेड भएको बताउँदै आएका छन्। उनले बोइङ विमान नउडाउने घोषण समेत गरेको बताउन थालेका छन्। विमान उडान गर्ने वा नगर्ने भने विषयमा अध्ययन गर्न गठित समितिले प्रतिवेदन तयार पारिसकेको समेत उनको भनाइ छ।

वाइडबडी भित्रिएको वर्ष दिन हुँदा पनि थपिएन नयाँ गन्तव्य
नेपाल एयरलाइन्सले वाइडबडी विमान खरिद गरेर नेपाल ल्याएको ११ महिना पुग्न लागिसकेको छ। एयरलाइन्सले खरिद गरेको २ वटा वाइडबडी विमानमध्ये पहिलो वाइडबडी विमान 'अन्नपूर्ण' गत असार १४ गते काठमाडौं आइपुगेको थियो भने दोस्रो वाइडबडी 'मकालु' पनि पहिलो आएको एक महिनापछि नेपाल ल्याइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो अन्नपूर्णले व्यवसायी उडान सुरु गरेको १० महिना र मकालुले उडान सुरु गरेको ९ महिना पूरा भइसकेको छ। लामो दूरीमा सिधा उडान गर्ने भन्दै एयरलाइन्सले प्रतिविमान १० करोड ४८ लाख अमेरिकी डलर खर्च गरेर दुई थान विमान ल्याएको थियो।

तर, निगम कार्यकारी अध्यक्ष खरेल र व्यवस्थापनका कारण अहिले पनि वाइडबडी विमानले छोटै दूरीमा उडान गरिरहेको छ।

निगमको वाइडबडी विमानले अहिले दिल्ली, दुवई, कतार लगायतकै पुरानो गन्तव्यमा उडान गरिरहेको छ। निगमले वाइडबडी विमानमार्फत साउदी अरब, कोरिया, चीन तथा जापान उडान गर्ने बताए पनि सफल हुन सकेको छैन।

वाइडबडी विमान अहिले दैनिक ७ देखि ८ घन्टा मात्रै उडान हुँदै आएको छ। यो विमान फुल फेजमा उडान गर्ने हो भने दैनिक १३ घन्टासम्म उडन सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निगमले वाइडबडी विमानले लामो दूरीमा उडान गर्ने बताउँदै आएको विषय अहिले पुरानोसमेत भइसकेको छ। त्यति मात्रै होइन विमान उडान गरेर आम्दानी गर्न नसकेको निगमले विमान खरिदमा लिएको ऋणको किस्ता र ब्याजसमेत तिर्न सकेको छैन। किस्ता र ब्याज तिर्नकै लागि अर्थ मन्त्रालयले रकम दिनु परेको छ।

निगमले वाइडबडी विमानमार्फत फेब्रुअरीदेखि जापानको ओसाका र मार्चदेखि चीनको गोन्जाव उडान गर्ने बताए पनि सफल भएको छैन।

चीन उडानमा प्रक्रिया नै पूरा गर्न नसकेको निगमले जापान उडानका लागि तय गरेको तालिकासमेत सारिसकेको छ। निगमले असार तेस्रो सातादेखि गर्ने भनेको जापान उडान पनि सारेर भदौमा पुर्‍याएको छ।

१६० दिनमा ३५ दिन मात्रै उड्यो वाई–१२
नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्दै आएको ४ वटा वाई–१२ विमान पनि १ सय ६० दिनमा ३५ दिन मात्रै उडेको छ। एयरलाइन्ससँग रहेका ४ वटा वाई-१२ विमानमध्ये ३ वटा उडान गर्न मिल्ने छन्। तर, पाइलट अभाव तथा भएका पाइलटको व्यवस्थापन हुन नसक्दा वाई–१२ विमान सन् २०१९ को जनवरीयता उड्नै सकेका छैनन्।

३ वटा वाई–१२ विमान भने निगमका कार्यकारी अध्यक्ष खरेलकै मनपरीका कारण ग्राउन्डेड भएका छन्। खरेलले वाई–१२ विमान उडान गरिरहेका पाइलट उद्धव घिमिरेलाई ए–३२० विमान उडानका लागि प्रशिक्षणमा पठाउने निर्णय गरेसँगै चारै वटा चिनियाँ विमान वाई–१२ ग्राउन्डेडको शृंखला सुरु भएको हो।

वाई–१२ विमान उडान सञ्जय बादे, नृपेन्द्र भट्टराई, उद्धव घिमिरे र आङनुरी शेर्पाले गर्दै आएका थिए। तर, खरेलले गरेको सो निर्णयमा निगमका सिनियर पाइलट बादे र भट्टराई सन्तुष्ट हुन सकेनन्। उनीहरु असन्तुष्ट भएसँगै विमान ग्राउन्डेड हुने क्रम सुरु भएको हो।

चिनियाँ एमए-६० पनि एउटा मात्रै उडानमा
निगमसँग रहेका दुई वटा एमए-६० विमानमध्ये एउटा विमान ग्राउन्डेड भएर बसेको छ। एमए-६० ले अहिले दैनिक दुई गन्तव्यमा उडान गरिरहेको छ। एमए-६० ले समग्रमा भने विराटनगर, भद्रपुर, नेपालगन्ज र धनगढीमा उडान गर्दै आएको छ।

ग्राउन्डेड भएको एमए-६० विमान पनि तत्काल मर्मत हुने अवस्थामा छैन।

२ ट्विनअटर पनि ग्राउन्डेड
निगमसँग रहेका ३ वटा ट्विनअटर विमानमध्ये २ ग्राउन्डेड भएर बसेका छन्। ट्विनअटर उडानमा ४ जना पाइलट रहेका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  ०८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्