• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चाहना र बहानाको भुमरीमा बाबुराम

64x64
नेपाल लाइभ मंगलबार, जेठ २८, २०७६  १४:४५
1140x725

संघीय समाजवादी फोरमसँग एकता गरेपछि कांग्रेस र कम्युनिस्टले विश्राम लिनुपर्ने अभिव्यक्ति दिए डा. बाबुराई भट्टराईले। उनको भनाइ मान्ने हो भने अहिलेका सत्तारुढ दल र प्रमुख प्रतिपक्षीले राजनीति त्यागेर वैकल्पिक शक्तिलाई बाटो खुला गरिदिनुपर्छ।

तर पुरानो सिद्धान्त र पुरानो इतिहास बोकेको दलको विस्थापन खोजिरहेका भट्टराई स्वयंसँग पनि गतिलो योजना र सिद्धान्त भने देखिँदैन। व्यवहार र उद्देश्यको त कुरै नगरौं। वैकल्पिक शक्तिको नाममा देउवा र प्रचण्ड-ओलीझैं ठूलो दलको उपल्लो पद हासिल गर्नुमा केन्द्रित छ बाबुरामको उद्देश्य। 

भट्टराई एक यस्ता पात्र हुन् जो शैक्षिक हिसाबले सँधै सफल र पहिलो रहे। सम्भवतः उनको यही योग्यतालाई माओवादीले जनुयुद्धताका राम्रैसँग प्रयोग गर्‍यो। अर्काेतिर राजनीतिको यो उचाइमा आइपुग्न भट्टराईले पनि माओवादीलाई राम्रै प्रयोग गरे।

तिनै पार्टीबाट उनी देशको प्रधानमन्त्री पनि भए। तर कार्यकाल सफल रहेन। संविधान बनाउन सकिनँ भने प्रधानमन्त्री पदबाट तुरुन्तै राजनीमा दिन्छु भनेका भट्टराईले सत्तालोलुपता राम्रै देखाए। सत्तालोलुपताले उनको लोकप्रियताको ग्राफ मात्र घटेन, माओवादीन साख पनि क्रमशः गिर्दै गयो।

दोस्रो संविधानसभाको निर्वाचनमा बाघबाट बिरालोको आकारमा खुम्चिन पुग्यो। तर अध्ययनको क्रममा पहिलो भएको भट्टराईको मनोविज्ञानले राजनीतिमा पनि पहिलो हुन मात्र खोजेको देखिन्छ। उनको यो चाहना प्रचण्डको छत्रछायामा बसेर सम्भव थिएन। तसर्थ उनले वैकल्पिक शक्तिको आवश्यकता औंल्याए।

सधैं पदमा बसिरहन खोज्ने नेताहरुको चाहना जनताको चाहनाका बाधक हुन्।

निश्चय नै अहिले जनता राजनीतिक दलको व्यवहारदेखि आजित छन्। तर यथार्थ के पनि हो भने राजनीतिक दल आफैंमा एक अमूर्त संस्था हो। यसलाई चलाउने तथा अगाडि बढाउने भनेको व्यक्ति नै हुन्। समस्या अमुक राजनीतिक दल हैन। खास पार्टीको संरचना र सिद्धान्तको हवाला दिंदै आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित हुने नेताहरु चाहिं समस्या हुन्। सधैं पदमा बसिरहन खोज्ने नेताहरुको चाहना जनताको चाहनाका बाधक हुन्।

तसर्थ विस्थापन राजनीतिक दल वा सिद्धान्तको हैन। निश्चय नै सिद्धान्त पनि समयसापेक्ष बनाउँदै लानुपर्छ। तर ठूलो समस्या भनेको सिद्धान्त र दलको हैन। बाचुञ्जेल राजनीतिमार्फत शक्ति आर्जन गर्न खोज्ने सोचको हो। दुर्भाग्य भन्नु पर्छ, यस्तो सोच डा. भट्टराईमा पनि अन्य नेताको भन्दा कम छैन। 

Ncell 2
Ncell 2

समाज विकास क्रममा राजनीतिको योगदान सबभन्दा माथि हुन्छ। कुनै निश्चित सूत्र वा विधिमा नबाँधिने समाजलाई राजनीतिको अमुक सिद्धान्तले स्वतः अगाडि बढाउँछ भन्ने हुँदैन। समाजलाई नेतृत्व प्रदान गर्न कुनै दल विशेष तथा त्यसको सिद्धान्त भन्दा बढी नेताको नैतिकता र त्यागको भावना महत्वपूर्ण हुन्छ राजनीतिमा।

लोकतन्त्रको निम्ति आन्दोलनताका नेताले त्याग नदेखाएका पनि हैनन्। तर आन्दोलन सफल भएपछिको राजनीतिक जीवनमा भने नैतिकता र त्यागमाथि खिया लाग्दै गयो। आन्दोलनको उद्देश्य र मर्मलाई नेता आफंैले कुल्चेर अघि बढे।

गिरिजाप्रसाद कोइरालाले आफू जीवित भइञ्जेल कांग्रेस मेरो मुठीमा हुनुपर्छ भन्ने व्यवहार देखाए। नेकपाका सहअध्यक्ष प्रचण्ड बेला–बेला पद मेरो लागि केही हैन भन्छन्। तर उनले पार्टीको उपल्लो पद छोड्न सकेका छैनन्।

वैकल्पिक शक्तिको आवश्यकता औंल्याउने बाबुराम भट्टराईको भित्री चाहना एउटा प्रभावकारी दलको नेतृत्व लिनु नै हो। त्यसको रणनीतिक कदम माओवादी र प्रचण्डभन्दा भिन्न सोच र सिद्धान्तको आवश्यकतामार्फत पुष्टि गर्न खोजे। नयाँ रणनीति अपनाउँदै गर्दा उनले प्रचण्ड र माओवादीको औचित्य छैन भने। तर अफसोच, जनताले बाबुरामकै पार्टीको औचित्य आवश्यक ठानेनन्। यसको अर्थ बाबुरामले भनेको अलग बाटोको औचित्य पनि छैन भन्ने नै हो। 

प्रधानमन्त्री हुनुभन्दा अघिसम्म देशलाई गति दिनसक्ने एक मात्र नेता बाबुराम भट्टराई हो भन्ने एकथरी मानिसको सोच थियो। विशेषतः सहरी युवामा यो खालको सोच थियो। तर संक्रमणकालीन समयमा प्रधानमन्त्री भएका उनले जनताको यो विश्वास कायम गर्न सकेनन्।

सांसद हुनकै लागि मात्र कांग्रेससँग चुनावी तालमेल गरेको बाबुरामले प्रमाणित गरे। 

संविधान बनाउने कामको अगुवाइ गर्न नसके प्रधानमन्त्री पदबाट राजीनामा दिन्छु भनेका उनले संविधानसभा नै विघटन गरे। तर प्रधानमन्त्री पदबाट राजीनामा दिनचाहिं चाहेनन्। यसले उनी पनि अन्य नेताझैं पदकै पछाडि दौडिएका हुन् भन्ने प्रमाणित गर्‍यो। वैकल्पिक राजनीतिको नारा लगाएपछि उनले पुराना दलको औचित्य नभएको दावी गरे। तर निर्वाचनमा आफ्नो विजय निश्चित गर्न तिनै दलसँग चुनावी एकता गर्न हिच्किचाएनन्। 

माओवादी र एमालेको (पार्टी एकताको घोषणासँगै चुनावी एकता तय भएपछि) सँग मिलेर चुनाव लड्न तयार भए। आफूले रोजेको निर्वाचन क्षेत्र नपाएपछि उनी एमाले र माओवादीको चुनावी गठबन्धनबाट बाहिरिए र कांग्रेससँग गठजोड गर्न पुगे। कांग्रेससँगको गठजोडले उनी स्वतन्त्र संघीय सांसद हुन सफल भएका छन्। तर सांसद भएपछि कांग्रेससँगको सहकार्य तोडेर आफू सांसद हुनकै लागि मात्र कांग्रेससँग चुनावी तालमेल गरेको भन्ने प्रमाणित गरे। 

समय क्रममा बाबुरामको वैकल्पिक शक्तिमाथि उनकै सहयात्रीले विश्वास गरेनन्। वैकल्पिक शक्ति भन्दै हिँडेका उनका कति सहयात्री राजनीतिक भविष्य सुरक्षित गर्न प्रचण्डकै पार्टीमा फर्किए। तीमध्ये कति आज नेकपाको सांसद छन्। जनमतले पनि वैकल्पिक शक्तिलाई अनुमोदन गरेन। बाबुरामको तत्कालीन नयाँ शक्तिले कुनै छवि निर्माण गर्न सकेन। भलै नेपाली राजनीतिको परिदृश्यमा बाबुरामको बौद्धिक छवि आजपनि कायम छ। तर उनले खोजको शक्तिशाली नेताको स्थान भने दिलाउन सकेन वैकल्पिक राजनीतिको फन्डाले।

शक्तिशाली हुने उद्देश्य अनुरुप बाबुरामको नयाँ शक्तिले संघीय समाजवादी फोरमसँग एकता गरेको छ। तर प्रश्न छ, संघीय समाजवादी उनले खोजेजस्तै वैकल्पिक राजनीतिक शक्ति हो? निश्चय नै हैन। एकतापछि बाबुरामसँग वैकल्पिक शक्तिको पैरवी गर्ने नैतिक धरातल पनि साँघुरिएको छ। किनकि, संघीय समाजवादी फोरमका मुद्दाहरु बाबुरामको आर्थिक मुद्दाहरु भन्दा फरक छन्। संघीय समाजवादीका नेता त्यो मुद्दामा छन्, जुन मुद्दाको छिनाफानो भइसक्यो भन्नेमा बाबुराम तथा नयाँ शक्ति पार्टीको निष्कर्ष थियो।  

उनले खोजको शक्तिशाली नेताको स्थान भने दिलाउन सकेन वैकल्पिक राजनीतिको फन्डाले।

संविधान निर्माणपछि वैकल्पिक शक्तिको चर्चा राम्रैसँग उठ्यो। तर यो जनमानसको आवश्यकतावोध कम र वौद्धिक विलास बढी थियो भन्ने कुरा तीन तहको निर्वाचन परिणामले देखाइसकेको छ। तसर्थ राजनीतिक दलको रुपान्तरणको हो। कुनै नयाँ राजनीतिक दलको उदयको हैन। राजनीतिक दलको रुपान्तरणको लागि समस्या दल विशेषले अंगिकार गरेको सिद्धान्त हैन। पार्टी राजनीतिबाट विश्राम लिन नचाहने नेताको लोभ र त्यस अनुकुलको पार्टी संरचना निर्माण हो। यसमा खाँचो भनेको त्यागको राजनीति नै हो।

पार्टीमा सधैं सीमित नेताको नेतृत्व भए, त्यसका गतिविधि पनि शास्त्रीय ढाँचाका हुन पग्छन्। तर पार्टी रुपान्तरणको लागि नयाँ सोचको पनि आवश्यकता हुन्छ। जसको लागि नेतृत्व बदलिनुपर्छ। नेतृत्व बदलिनका लागि नेताले निश्चित समयपछि राजनीतिबाट विश्राम लिनुपर्छ।

एक समयको ठूलो राजनीतिक दलको उपाध्यक्ष र प्रधानमन्त्री भइसकेको बाबुरामले पनि यो त्याग देखाउनु राम्रो हो। पार्टीमा नयाँ नेताको आगमनसँगै केही न केही नयाँ काम हुन्छन्। त्यसले पार्टीका गतिविधि र क्रियाकलापमा बदलाव ल्याउँछ। 

विकल्प पुराना राजनीतिक दलको हैन। भट्टराई जस्तै पुराना हँुदै गएका नेताको हो। पुराना नेता नयाँ कुरा त गर्छन्। तर व्यवहारमा उतार्न अत्यन्तै अनिच्छुक हुन्छन्। यो कुरा बाबुराम जस्तो बौद्धिक नेताले पक्कै पनि बुझेका छन्। तसर्थ अब उनले चाहना र बहनाको पेन्डुलम भएर धेरै बस्नु हुँदैन। नैतिकता प्रदर्शन गर्दै राजनीतिबाट विश्राम लिनुपर्छ। 

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो बुधबार, माघ १४, २०८२
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्