काठमाडौं– पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकले मन्त्री परिषदमा पहिलो चरणमा तीन मन्त्रीलाई पठाउने निर्णय गरेको छ।
पार्टीको आज बसेको बैठकले विज्ञान तथा प्रविधि मन्त्रालयमा दीपक बोहोरा, वन मन्त्रालयमा विक्रम पाण्डे र उद्योग मन्त्रालयमा सुनील थापालाई पठाउने निर्णय गरेको हो।
यसैगरी, उद्योग राज्यमन्त्रीमा रेशम लामालाई पठाउने भएको हो। नयाँ मन्त्रीहरुको सपथ सोमबार बिहान साढे ११ बजे हुनेछ। राप्रपा प्रजातान्त्रिकका १८ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।