काठमाडौं– मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै रेकर्ड तोडेर इतिहासकै सबैभन्दा जम्बो मन्त्रिपरिषद् बनाउने भएका छन्। यसअघि २०५२ सालमा आफैंले विस्तार गरेको ५१ सदस्यीय मन्त्रिपरिषदको रेकर्ड देउवाले तोडेका हुन्। देउवाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेपछि मन्त्रीहरुको संख्या अब ५४ पुग्नेछ।
देउवा नेतृत्वमा राप्रपा प्रजातान्त्रिकका दीपक बोहोरा, विक्रम पाण्डे, सुनिलबहादुर थापा र रेशम लामा थपिएसँगै मन्त्रिपरिषदको संख्या ५४ पुग्ने भएको हो। विज्ञानमा बोहोरा उद्योगमा पाण्डे र वनमा थापाले जिम्मेवारी पाएका छन्।
उद्योग राज्यमन्त्री लामा थपिएसँगै राज्यमन्त्रीको संख्या २३ पुगेको छ। क्याबिनेट मन्त्रीको संख्या भने ३० पुगेको छ। राप्रपा प्रजातान्त्रिकले ७ वटा मन्त्री मागेकामा ४ जनालाई मात्र पठाएको हो। राप्रपा प्रजातान्त्रिकले थप ३ मन्त्री पठाउन पायो भने प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद् ५७ सदस्यीय पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।