काठमाडौँ- बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र बहराइनका अधिराजकुमार सलमान बिन हमाद अल खालिफाबीच मनामास्थित गुडैविया दरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा अधिराजकुमार खालिफाले राजदूत सुन्दासलाई स्वागत गर्दै आफ्नो कूटनीतिक भूमिकामा सफलताको कामना गरे।
भेटका क्रममा विद्यमान दुई पक्षीय सम्बन्धलाई थप सुदृढीकरण गर्ने, बहराइन र नेपालबीच भएको आर्थिक तथा वाणिज्य सम्बन्धलाई दुईपक्षीय हितमा अघि बढाउने विषयमा विचार आदानप्रदान भएको दूतावासले जनाएको छ।
सो अवसरमा राजदूत सुन्दासले नेपालको पछिल्लो राजनीतिक विकास क्रममाथि प्रकाश पार्दै लगानी, व्यापार, पर्यटन र नेपाली श्रमिकको संरक्षणमा दुई देशबीच सहकार्य गर्नेबारे आफ्नो प्रतिबद्धता रहने बताए।
भेटका क्रममा श्रम सहचारी जगदीश चन्द्र शिवाकोटी र तृतीय सचिव अमृत लोप्चनको समेत सहभागिता थियो।रासस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।