दक्षिण कोरिया- दक्षिण कोरियाको जेजनस्थित एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। २४ जना सम्पर्कविहीन छन्।
कोरियाको दक्षिणपूर्वी सहरमा रहेको सपिङ मलमा स्थानीय समय अनुसार दिउँसो ३:५३ बजेदेखि आगो सुरु भएको थियो।
सो मलको दोस्रो तलामा पब्लिक साउना रहेको र बढीजसो त्यहाँ रहेकाहरुकै मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। १८ जना घाइतेलाई भने उपचारका लागि अस्पताल पठाइएको छ।
पार्किङमा रहेको गाडीबाट आगो सुरु भएको बताइएको छ।
अहिले घटनास्थलमा उद्धार गर्ने क्रम जारी छ। यसका लागि २० वटा अग्नि नियन्त्रक मेसिन र ६० जना फायरफाइटर्स समेत खटिएको अग्नि नियन्त्रक संस्थाले जनाएको छ।
उक्त स्थान कोरियाको राजधानी सिओलबाट १ सय ६८ किलोमिटर दुरीमा पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।