बाजुरा- शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ कि सीताकुमारी उपाध्याय रहेकी छन्।
गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको उनका दाजु दिल्ली उपाध्यायले जानकारी दिए।
उनी बडिमालिका नगरपालिका–१, पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।