विराटनगर– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल ३ अर्व ३८ करोड ८९ लाख २१ हजारको अनुमानित बजेट पारित गरेको छ।
पहिलो नगर परिषदवाट नगरपालिकातर्फ १ अर्व ७४ करोड ८९ लाख २१ हजार तथा मझौला शहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनातर्फ १ अर्व ६४ करोड गरी चालु आर्थिक वर्षका लागि अनुमानित वजेट पारित गरेको हो।
महानगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी महानगरपालिकाको आन्तरिक श्रोतवाट २७ करोड १४ लाख ४० हजार, राजस्ववाट २ करोड २५ लाख, नेपाल सरकार ससर्त अनुदान विषयगत कार्यालयतर्फ २६ करोड ७१ लाख ४१ हजार, नेपाल सरकार समपुरक र विशेष अनुदान ३ करोड, नेपाल सरकार ससर्त अनुदान ३१ करोड ५४ लाख ४१ हजार, वैदेशिक अनुदान ३ करोड ५४ लाख ५० हजार, जनसहभागितावाट ३ करोड २० लाख ९८ हजार, नगर विकास कोष ऋण सहयोग ५ करोड, नगरपालिका मौज्दात १७ करोड ८७ लाख गरी १ अर्ब ७४ करोड ८९ लाख २१ हजार आयआर्जन हुने अनुमान गरेको छ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले नगरपािलकातर्फको चालु खर्चका लागि कुल वजेट मध्ये २० करोड ८६ लाख ९८ हजार रुपैयाँ विनियोजित भएको उल्लेख गरे ।
त्यस्तै नेपाल सरकारवाट प्राप्त अनुदानवाट विषयगत कार्यालयको चालुखर्च तर्फ २६ करोड ७१ लाख ४१ हजार विनियोजन गरेको छ। महानगरपालिकाले समाजिक सुरक्षा भत्तातर्फ २० करोड, भौतिक पुर्वाधार निमार्णका लागि ९२ करोड ५१ लाख ५२ हजार, वातावरण सरसफाइ तथा विपद् व्यवस्थापनका लागि ३ करोड २३ लाख, समाजिक विकास एवम लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख २९ हजार ५ सय ७० रुपैयाँ विनियोजित गरेको छ।
त्यसैगरी वजेट नीति तथा कार्यक्रमअन्र्तगत विराटनगरमा सञ्चालित संचारमाध्यमहरुलाई दिँदै आएको सेवा सुविधामा वृद्धि गरेको छ। शैक्षिक स्तरोन्नतिका लागि दुई वटा सामुदायिक विद्यालय तथा एक मदरसालाई छनौट गरी एक करोड ५० लाख रुपैयाँ छुटयाएको छ। नहरलाई वाइपासको रुपमा विकासगर्न एक करोड रुपैयाँ विनियोजित गरेको छ ।
छोरी वचाउ अभियानअन्र्तगत पहिलो सन्तान छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप ३ हजार रकम दिने निर्णय भएको छ। त्यस्तै ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप एक हजार थप भत्ता प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी महानगरपालिकाले भौतिक उपकरण खरिदका लागी दुई करोड रुपैयाँ छुट्टयाएको जानकारी दिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।