सर्लाही– पूर्वसांसद एवं राजपाका स्थापित नेता शिव पुजन यादवको नेतृत्वमा राजपाका तीन केन्द्रीय सदस्य र १४ पूर्व गाविस अध्यक्ष आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका छन्। दिउँसो सर्लाहीको बजिरा नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
कार्यक्रममा नेता यादव, राजपाका केन्द्रीय सदस्यहरु रामबाबू दास, रामएकवाल राय, राजपा जिल्ला उपाध्यक्ष महेन्द्रप्रसाद यादव, क्षेत्रीय सभापतिहरु अनिलकुमार सिंह, अनितादेवी यादव, विश्वमोहन सिंहलगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा, नेताहरु मातृका यादव, रामेश्वरराय यादवले माओवादी केन्द्रमा स्वागत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।