• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मोटरसाइकलको त्यो स्टिकर, जसले खोल्यो युवतीमाथि 'काँटी' प्रहार गर्ने कार्कीको पोल [भिडियोसहित]

64x64
नेपाल लाइभ शुक्रबार, असार १३, २०७६  १३:५८
1140x725

काठमाडौं– केही सातायता काठमाडौं उपत्यकामा फैलिँदै गएको 'सिरिन्ज आक्रमण'मा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको विशेष टोलीले  ३० वर्षीय सन्तोष कार्कीलाई गएराति पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पीडितहरुले सिरिन्ज जस्तो तिखो वस्तुले घोपेको बताए पनि कार्कीले प्रहरीसँग ढलानको किला रोपेको बयान दिएका छन्। उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। 

उनले बयानमा भनेका छन्, ‘किला रोपेको हुँ। त्यो पनि युवतीलाई मात्रै। किला रोप्दा मजा आउने भएकाले रोपेँ।’ प्रहरीसँगको बयानमा उनले अहिलेसम्म ६ जना युवतीलाई किला रोपेको बताएका छन्।

यसरी समातिए कार्की 
कार्कीले युवतीहरुलाई सुइरो रोपेको भिडियो सिसी टिभी फुटेजमा फेला परेको थियो। उक्त घटनाको महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो। सोही क्रममा उनको मोटरसाइकल समेत सिसी टिभी फुटेजमा देखियो। 

बा ४७ प १३३१ नम्बरको मोटरसाइकलमा चढेर उनले सुइरो रोपेका थिए।

तर प्रहरीले प्राप्त गरेको सिसी टिभी फुटेजमा बाइक नम्बर प्रस्ट थिएन। निलो पल्सर बाइक देखिन्थ्यो। बाइकको लेगगार्डभन्दा माथि पेट्रोल ट्यांकीको साइडमा रातो स्टिकर र पछाडिको नम्बर प्लेटमुनि पनि एउटा स्टिकर टाँसिएको देखिन्थ्यो। 

सूक्ष्म निगरानी गरेको प्रहरीले बिहीबार साँझ महाराजगन्ज भाटभटेनीअगाडि सोही संकेत भएको मोटरसाइकल फेला पारेको थियो। तर पछाडिको स्टिकर भर्खरै निकालेजस्तो टाटो भने प्रस्ट देखिन्थ्यो। अगाडिको रातो स्टिकर भने प्रस्ट थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सोही आधारमा मोटरसाइकल कुरेर प्रहरी बसेको थियो। रेस्टुरेन्ट बन्द गरी उनी मोटरसाइकल लिन आएपछि प्रहरीले उनलाई उक्त घटनाबारे साधेको थियो। प्रहरीले भिडियोसमेत देखाएपछि उनले ढाँट्न सकेनन्। 'आफ्नो गल्ती सहजै स्वीकार गरेपछि पक्राउ गरेका हौं,' अपराध महाशाखाका डिएसपी रुगम कुँवरले भने।

कहिले कहिले रोपियो सुइरो?
महाराजगन्जमा रहेको आफ्नो रेस्टुरेन्ट बन्द गरेर उनी राति १० बजेतिर आफू बस्ने ठाउँ नैकापतिर फर्कन्थे। फर्कने बेला उनको रुट हुन्थ्यो सोह्रखुट्टे, क्षेत्रपाटी, पकनाजोल, टंकेश्वर। सोही रुटमा देखापर्ने युवतीहरु उनको टार्गेटमा पर्थे। युवतीहरु देखेपछि आफू उत्तेजित हुने गरेकाले तिखो वस्तु रोप्दै आएको उनले बयान दिएका छन्।

सुरुमा कार्कीले गत चैतको अन्तिम साता तिखो वस्तु रोपेको अनुसन्धानबाट खुलेको छ। उनले सुरुमा गाडीको टायरमा हुने तार युवतीको शरीरमा रोपेको बताएका छन्। 

चैत अन्तिम साताबाट यसखाले आक्रमण गर्न थालेका उनले त्यसपछि बैसाख १५ गते फेरि युवतीलाई सुइरो रोपेका थिए। त्यसपछि बैसाख २९, जेठ १८ र जेठ २० गते पनि उनको निसानामा युवती नै परे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जेठ २० गते उनले जुन युवतीमाथि आक्रमण गरेका थिए, ती युवतीलाई कार्कीले चैत अन्तिम साता पनि तिखो वस्तु प्रहार गरेको डिएसपी कुवँरले नेपाल लाइभलाई जानकारी दिए। 

यसरी उनको टार्गेटमा एकै युवती दुईपटकसम्म परेको पाइएको हो। 

जेठ ३० र ३२ गते उनले अन्तिम पटक सुइरो रोपेका थिए। त्यसपछि विभिन्न सञ्चारमाध्यममा सामाचार आएपछि भने आफूले त्यस्तो कार्य छाडेको उनले बताएका छन्। उनले सुइरो रोप्न छाडेको आज १३ दिन भएको बताएका छन्। उनको बयान उद्धृत गर्दै डिएसपी होबिन्द्र बोगटीले भने, ‘यसरी भाइरल हुन्छ र पक्राउ पर्छु भन्ने लागेकै थिएन। कुनै रोग सार्नेभन्दा पनि रमाइलो लाग्ने भएकले रोपेको हुँ।’

कार्कीले प्राय युवतीको कम्मर, छाती र हिपमा सुइरो रोपेको पाइएको छ। हाफपेन्ट र छोटा कपडा लगाउने युवती नै उनको निसानामा पर्दै आएको प्रहरीले बताएको छ। 

उनी श्रीमतीसँगै बाइकमा रहँदा पनि युवतीलाई सुइरो रोप्ने गरेको अनुसन्धानबाट खुलेको छ।

को हुन् पक्राउ परेका कार्की?
रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भएका कार्की १२ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएका व्यक्ति हुन् । कार्कीले भगवती मावि खाँडादेवीबाटै २०६० सालमा सेकेन्ड डिभिजनमा एसएलसी पास गरेका थिए।

त्यसपछि उनी अध्ययनका लागि भन्दै काठमाडौं प्रवेश गरेका थिए। काठमाडौं क्याम्पस ताहचलमा भर्ना भएका उनले कक्षा ११ को परीक्षा भने दिएनन्। त्यसपछि गोदावरीस्थित भ्यू भ्याली होटलमा वेटरको काम गर्न थालेका थिए। उक्त होटलमा काम सिकिसकेपछि २०६९ सालमा कार्की साउदी अरब गएको देखिएको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी रुगम कुवँरले नेपाल लाइभलाई जानकारी दिए।

साउदीमा उनले वर्गर कम्पनीमा ५ वर्ष काम गरे। साउदीमै रहँदा उनले युवतीलाई सिरिन्ज आक्रमण गरेको घटना टेलिभिजनमा हेर्नुका साथै प्रत्यक्ष देखेको पनि बताएका छन्। 

साउदीमा ५ वर्ष काम गरेपछि उनी २०७४ अन्तिमका नेपाल फर्किएका थिए। विदेशबाट कमाएर ल्याएको पैसाले उनले महाराजगन्जको भाटभटेनी सुपर मार्केटअगाडि ५५ लाख रुपैयाँ हालेर एक फास्टफुड रेस्टुरेन्ट खरिद गरी सञ्चालन गर्दै आएका थिए। 

कार्कीलाई मुलुकी अपराध संहिता ऐन २०४७ को परिच्छेद ५ को दफा १०४ अनुसार कारबाही हुनेछ। उक्त दफा अनुसार कसैको ज्यानलाई खतरा पुर्‍याउन सक्ने वा कुनै रौग फैलाउने नियतले काम गर्न नहुने उल्लेख छ। सोहीअनुसार प्रहरीले मुद्दाअगाडि बढाएमा १० वर्षसम्म कैद र १ लाख जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

सम्बन्धित समाचार

  • शृंखलाबद्ध 'सिरिन्ज' आक्रमणमा संलग्न युवा सार्वजनिक
  • उपत्यकामा ‘सिरिन्ज’ आतंक : आक्रमणकारी भन्छन्- मजाको लागि ढलानको किला युवतीलाई रोपेँ
  • उपत्यकामा युवतीमाथि शृंखलाबद्ध ‘सिरिन्ज’ आक्रमण गर्ने पक्राउ
  • ‘सिरिन्ज’ आक्रमण प्रकरण : महिलाद्वारा महिलामाथि नै प्रहार 
  • 'सिरिन्ज' आक्रमणको समाचारले बिथोलेको मन
  • काठमाडौंमा युवतीमाथि ‘सिरिन्ज’ आक्रमणका शृंखला

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६  १३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्