• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्यभार सम्हालेदेखिको मेयर-उपमेयर विवाद झडपसम्म, छुट्टाछुट्टै कार्यालय स्थापना

कार्यालय लुट्न खोजे : उपमेयर, घटनाको जिम्मा लिन्नँ : मेयर
64x64
नेपाल लाइभ बुधबार, साउन २२, २०७६  १७:१०
1140x725

जनकपुर- देश संघीयतामा गइसके पनि स्थानीय तहमा देखापर्ने विवाद साम्य हुन सकेका छैनन्। जनप्रतिनिधिमाथि लाग्ने विभिन्न आरोपले पनि कामकारबाहीले गति लिन नसकेका थुप्रै उदाहरण छन्। कतिपय ठाउँमा मेयर र उपमेयरका विवाद पनि सतहमा आइसकेका छन्। जनकपुरको एक नगरपालिकामा त यतिसम्म भयो कि दुवैको विवादले उग्र रुप लिँदा झडपकै अवस्था सिर्जना भयो। उपमेयरसहित ६ जना स्थानीय घाइते भए।

कार्यालय कहाँ राख्ने भन्ने मुख्य विवादमा हंसपुर नगरपालिकामा मंगलबार झडपको अवस्था सिर्जना भएको हो। यहाँका मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाले छुट्टाछुट्टै कार्यालय सञ्चालन गर्दै आएका छन्। स्थानीय तह निर्वाचनको केही दिनपछि नै मेयर-उपमेयरबीच विवाद सुरु भयो। जबकि उनीहरु दुवै राजपाबाट नै निर्वाचित जनप्रतिनिधि हुन्।

मेयर मण्डलले हंसपुरको बेल्ही चोकमा कार्यालय सञ्चालन गरेका छन् भने उपमेयर झा बघचौडास्थित साबिकको कार्यालयमा बसेर कार्य सम्पादन गर्दै आइरहेकी छिन्। कार्यालय बेल्ही चोकमा लगिए पनि मेयरले बोर्डमा भने बघचौडा नै लेखेका छन्।

उपमेयर झा पनि बघचौडा टोलवासी नै हुन्। मेयर र उपमेयर छुट्टाछुट्टै कार्यालय खोलेर बसेपछि सेवाग्राही भने अन्योलमा परेका छन्।

उपमेयर झा मेयरले नियमविपरीत साबिक बघचौडामा रहेको कार्यालय सारेको आरोप लगाउँदै आएकी छिन्। तर मेयर मान्ने पक्षमा छैनन्।

‘मेयरले चोरेर कार्यालय सार्‍यो,’ उपमेयर झाले भनिन्, ‘कानुनत: भएको भए राति किन लानुपर्‍यो? दिउँसै सारे भइहाल्थ्यो नि?’ मेयरले तानाशाही लाद्न खोजेको उनको आरोप छ।

मेयर मण्डलले भने आफूहरुले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर बेल्ही चोकमा कार्यालय सञ्चालन गरेको प्रतिक्रिया दिए। साबिकको कार्यालयमा ठाउँ अपुग भएपछि बेल्ही चोकमा कार्यालय सार्नुपरेको उनको भनाइ छ। 

उपमेयरले चलाएको कार्यालय

बेल्हीमा सारिएको कार्यालयको साइनबोर्डमा बघचौडा किन लेखेको भन्ने प्रश्नमा उनले भने, ‘नगरपालिकाको केन्द्र हामीले सारेका होइनौं। केन्द्र अझै बघचौडा नै छ। तर सेवाग्राहीलाई कठिनाइ भएकोले यहाँ कार्यालयमात्र सञ्चालन गरेका हौं।’

Ncell 2
Ncell 2
nimb
nimb

उपमेयर झा साबिककै कार्यालयमा बस्दै आइरहे पनि नगरपालिकाका सम्पूर्ण कर्मचारी भने नयाँ सारिएको कार्यालयमा बसेर काम गर्दै आइरहेका छन्।

मेयर मण्डलको निर्देशनमा सबै कर्मचारी बेल्ही चोकमा सारिएको कार्यालयमा बस्ने गरेको उपमेयर झाको आरोप छ। ‘बघचौडामा कार्यालय हुँदा मेयरलाई मनोमानी गर्न समस्या थियो। त्यसैले कानुन मिचेर अन्यत्र कार्यालय सारेका हुन,’ उपमेयर झाले आरोप लगाइन्।

विवादले उग्ररुप लिँदा कुटाकुट
मेयर र उपमेयरबीचको विवादले उग्ररुप लिँदा मंगलबार कुटाकुटसम्मको अवस्था सिर्जना भयो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जका साथै अश्रुग्यास नै प्रहार गर्नुपरेको थियो।

मेयर मण्डलले प्रहरीको सहयोगमा आफ्ना पक्षधरका हंसपुर र कठपुलाका केही स्थानीयलाई पठाएर उपमेयरले सञ्चालन गर्दै आएको कार्यालयबाट कार्यालय सम्बन्धी कागजात नियन्त्रणमा लिन खोजेका थिए। तर उनी सफल हुन सकेनन्। उपमेयर झा पक्षधरका बघचौडाको स्थानीयले प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडपको अवस्था सुरु भयो। त्यस क्रममा मेयर मण्डल पक्षधरसँगै आएका प्रहरीले लाठी चार्ज गर्दा उपमेयर झा र वडाध्यक्षसहित आधा दर्जनभन्दा बढी घाइते भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेयर मण्डलले दुई वटा ट्र्याक्टरमा करिब ५ दर्जन व्यक्तिलाई उपमेयरको कार्यालय पठाएका थिए। झडपको क्रममा प्रहरीले ४ राउन्ड आश्रुग्यास र हवाई फायरसमेत गरेको थियो।

  • मेयर-उपमेयर विवादले उग्ररुप लिँदा धनुषामा झडप, आधा दर्जनभन्दा बढी स्थानीय घाइते

लाठी चार्जबाट उपमेयर झा, वडा नं २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर, झाका सवारी चालक पुण्य खत्री लगायत आधा दर्जनभन्दा बढी घाइते भए। उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने तपेश्वर मण्डलको अवस्था गम्भीर रहेकाले उनलाई जनकपुर अञ्चल अस्पताल पठाइएको छ।

स्थानीयका अनुसार कार्यालयको ताला मेयर पक्षधरका व्यक्तिले फुटाउन खोज्दा झडप सुरु भएको हो। मेयरका मान्छे चढेर आएको ट्रयाक्टर भने नियन्त्रणमा लिइएको घाइते फेकन कापरले बताए। 'झडप साम्य भइसकेको थियो तर दुईजना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएपछि स्थिति तनावपूर्ण बन्यो,' उनले भने।

मेयरले चलाएको कार्यालय

आफूहरु सुरक्षाका लागि आएको तर स्थानीयले उल्टै आफूहरुमाथि जाई लागेपछि स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नुपरेको प्रहरीको भनाइ छ।

साँझ प्रहरी नियन्त्रणमा रहेका स्थानीय चन्दर साह र दिनेश साहलाई मुक्त गर्ने र स्थानीयले ट्याक्टर फिर्ता गर्ने सहमति भएपछि विवाद साम्य भएको थियो।

प्रहरी र लठैतको सहारा लिई कार्यालय लुट्न खोजे  : उपमेयर
मेयर मण्डललाई कार्यालय सम्बन्धी विवादका लागि वार्ताबाट समाधान खोज्न पटकपटक आग्रह गर्दै आएका छौं। तर उनले मानेनन्। अहिले आएर बेल्ही प्रहरी चौकीका इन्चार्ज रामकुमार साहको सहयोगमा दर्जंनौ प्रहरी र लठैत लगाएर मेरो कार्यालय लुट्न आए। सोही क्रममा स्थानीयले अवरोध गर्न खोज्दा झडप भयो र सो क्रममा प्रहरीले आधा दर्जनभन्दा बढीलाई कुटपिट गरी घाइते बनाए।

यसअघि मेयर मण्डलले रामा होटलमा भएको वार्तामा मलाई पैसाको प्रलोभन दिएर खरिद गर्ने प्रयास गरेका थिए। जिल्ला समन्वय समितिको बैठकमा कुरै गर्न मानेनन्। पटकपटक मलाई अनौपचारिक वार्तामा जनतासँग खेलबाड हुने गरी विभिन्न प्रलोभन देखाई खरिद गर्ने प्रयास गरेका छन्।

घटनाको जिम्मेवारी उपमेयरले लिनुपर्छ : मेयर
चेकसहित कार्यालय सम्बन्धी केही कागजात उपमेयरले आफ्नो नियन्त्रणमा राखेको हुँदा सो कागजात लिन सम्बन्धित निकायलाई जानकारी गराई कानुनी रुपमा लिन खोज्दा उपमेयरले विवाद सिर्जना गरी झडपको अवस्था सिर्जना गराएकी छन्।

गत आव २०७५/७६ को विभिन्न चेक, समाजिकीकरण लगायत कार्यालयको विभिन्न कागजात उपमेयरले सञ्चालन गरेको कार्यालयमा राखिएको छ। त्यही कारण काम गर्न समस्या भएकाले प्रहरी र कार्यालयका केही कर्मचारीलाई लिन पठाइएको हो। अडिटका लागि विभिन्न कागजात नहुँदा समस्या भइरहेकाले पटकपटक आग्रह गर्दा पनि उपमेयरले नदिँदा सम्बन्धित निकायलाई जानकारी गराइएको थियो। ट्याक्टरमा गएका मान्छे कार्यालयकै कर्मचारी हुन्। हामीले कुनै बलप्रयोग र तोडफोड गरेका छैनौं। घटनाको जिम्मेवारी उपमेयरले लिनुपर्छ।

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
सम्बन्धित सामग्री
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरी रहेका छन् । नेपाली... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड बुधबार, कात्तिक ११, २०८३
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्