• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

वाइडबडी प्रकरण-२ : मूल्य समायोजन प्रश्नको घेरामा

64x64
नेपाल लाइभ शुक्रबार, चैत १, २०७५  १०:१५
1140x725

जहाजको उडान भारवहन क्षमतामा विवाद
जहाजले उडान भर्दाको अधिकतम तौल वा भारलाई एमटीओडब्लु भनिन्छ। अमेरिकी एएआर इन्क कम्पनीले भारबहन क्षमता २४२ मेट्रिक टन भएको ए३३०–२०० जहाज नेपाल वायुसेवा निगमलाई दिने प्रस्ताव गरेको थियो। सो मोडेलको जहाजमा उडान भारबहन २४२ मेट्रिक टन हुन्छ। पछि तीन कम्पनीको कन्सोर्टिएमसँग निगमले खरिदबिक्री सम्झौता (एमओयु) गर्दा बिल अफ सेलको अनुसूची ३ मा एयरबसका ए३३०–२०० मोडलका वाइडबडी जहाज हुने देखाइएको छ। आउँदा भने एयरबस ए३३०–२४३ मोडलका २ वाइडबडी विमान आए। जसको उडान भारवहन क्षमता घटेर २३० टनको आयो भन्ने नै भारबहनको मुख्य विवाद हो।

प्रतिविमान १२ मेट्रिक टन क्षमता कम भएको २३० मेट्रिक टनका दुई विमान ए३३०–२४३ खरिद गरी निगमलाई अमेरिकी डलर ८.४ मिलियन समेत मोलमा र अम्दानीमा आर्थिक क्षति पुर्‍याइयो भनी लेखासमितिले प्रतिवेदन सम्बन्धमा शंकर अधिकारीज्युको फरक भनाइ रहेको पाइयो। 

विमान लेखासमितिको प्रतिवेदनमा भनेझैं २३० टनको ए३३०–२४३ मोडलको जहाज सञ्चालनमा आएको छ। तर शंकर अधिकारीज्यु जहाज २४२ टनकै हो, सिनं १६२७ पछिका सबै जहाज २४२ टनकै छन् भन्नुहुन्छ। 

अधिकारीकै भनाइसँग मिल्ने गरी निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले पनि ‘अधिकतम भार घटाउँदा सञ्चालन खर्च सस्तो पर्ने, एमटीओडब्लु जति कम भयो, हामीलाई त्यति फाइदा हुने रहेछ, हामीले यसबारे एयरबसका प्राविधिकसँग पनि कुराकानी र पत्राचार गरेका थियौं। उनीहरुले पनि काठमाडौंको भौगोलिक अवस्थादेखि सवै पक्षको अध्ययन गरेर २३० टन नै उपयुक्त हुन्छ भनेकाले त्यही नै स्वीकार गरिएको हो’ भनी लेखासमितिको बैठकमा भनिसकेका छन्।

प्रश्न उठ्छ, २४२ टनको गरेमा विदेश उड्दा बढी कर तिर्नुपर्ने, काठमाडौंको लागि २३० नै उपयुक्त भन्ने एयरबस कम्पनीको भनाइले नेपालकै हितमा २३० टनको सञ्चालन गरिएको भन्ने महाप्रबन्धक कंसाकार र अधिकारीज्युको भनाइ देखिन आयो।

सिड्नी–काठमाडौंका लागि २४२ टन आवश्यक नपर्ने। ट्रान्सएट्लान्टिक (एटलान्टिक महासागर वारपार) का लागि मात्र अधिकतम उड्डयन भार २४२ टनका विमानहरु उपयुक्त हुने, काठमाडौंमा २३० टन उपयुक्त हुने जवाफ पठाएको भनी एयरबसले लेखेर पठाएको भनिन्छ। 

प्राविधिकबाट त्यस्तै सिफारिस गरेकाले २३० टन कायम गरिएको भन्ने शंकर अधिकारीज्युको पनि भनाइ देखिन आयो। लामो दुरीमा उडान गर्नुपर्दा आवश्यकतानुसार २४२ टनका लागि एयरबसबाट स्वीकृति लिन सकिने भन्ने उहाँको भनाइ रहेको पाइयो। त्यसो हो भने २४२ र २३० टनको विवाद किन? निगमको जहाजमा उडान भारमा १२ टनको कमी किन भयो त? के १२ टनको भारबहन क्षमता कमी भएकै होइन? लेखासमितिले मनगढन्ते विश्लेषण गरेको हो त? प्रश्न यहाँ पनि छ। 

सार्वजनिक खरिद ऐन अनुसार बोलपत्रमा उल्लिखित क्षमताको सामान नै खरिद हुनुपर्दछ। निगमले आशयपत्रमा एमटिओडब्लु उल्लेख गरेको थिएन। प्रस्तावक ४ कम्पनीसँग सम्झौता हुँदा मोडेल नं ए३३०–२०० का २४२ टनको प्रस्ताव छनोट गरे तापनि विमान भने मोडेल नं ए३३०–२४३ का २३० टनको ल्याइयो। मेसिनरी सामानको क्षमतासँगै मूल्य घटबढ हुन सक्तछ। भारबहन क्षमता अनुसार मूल्यमा फरक पर्ने कुरा प्रस्ताव गर्ने ११ कम्पनी मध्यको केजेटी इन्भेष्टमेन्ट, वन वर्ल्ड क्लोजआउट्सले २३३ टनको विमानलाई ११ करोड अमेरिकी डलर प्रस्ताव गरेकोमा क्षमता बढाउनुपरेमा प्रतिटन ३ लाख ५० हजार अमेरिकी डलर थप्नुपर्ने उल्लेख गरेको थियो। यसबाट भारबहन क्षमतानुसार मोल हुने रहेछ भन्ने देखिन आयो। नत्र त २४२ टन प्रस्ताव गर्नेले १२ टन कम क्षमताको २३० टनको विमान किन सप्लाई गर्नुपर्थ्यो र? 

nimb
nimb
Ncell 2
Ncell 2

अनि प्रश्न उठ्छ, २४२ टनको गरेमा विदेश उड्दा बढी कर तिर्नुपर्ने, काठमाडौंको लागि २३० नै उपयुक्त भन्ने एयरबस कम्पनीको भनाइले नेपालकै हितमा २३० टनको सञ्चालन गरिएको भन्ने महाप्रबन्धक कंसाकार र अधिकारीज्युको भनाइ देखिन आयो। अनि २४२ टन भारबहन क्षमतामा सञ्चालन गराउन थप मोल तिर्नुपर्ने हो होइन? अनि २४२ टन गर्न एयरबससँग किन अनुमति लिनुपर्ने हो? विदेशी विमान सेवाका एयरबसकै २४२ टनका विमान त्रिभुवन विमानस्थल, काठमाडौंमा आइरहेका छन्। उनीहरुलाई बढी करको भारले असर नपार्ने रहेछ, अनि नेपाललाई मात्र पार्ने रहेछ कि कसो हो? अनि तिनीहरुलाई काठमाडौं उपयुक्त किन भयो? काठमाडौं उपयुक्त थिएन भने एयरबसले अन्य एयरलाइन्सलाई किन रोकेन? अनि नेपालको विमान किन्दा किन २३० टनमा ओरालेको हो त? अधिकारीज्युको यो तर्क अलि मिल्दो देखिन आएन। 

एएआर, हाइ फ्लाई, जर्मन एभिएसन क्यापिटल र हाई फ्लाई एक्स आयरल्यान्डको कम्पनीसँग भएको सम्झौताको बिल अफ सेलको अनुसूची ३ मा एयरबस ए३३०–२०० जहाज बेच्ने र किन्ने सम्झौता भएको थियो।

एमटीओडब्लु कम भएपछि मोल कम हुने तिर निगम पदाधिकारीहरु सहमत छैनन्। त्यसो भए मोडेल नं ए३३०–२०० र ए३३०–२४३ को मूल्यमा केही फरक छैन त? दुइटैको भारबहन क्षमता पनि बराबरी हो त? अनि अहिले ल्याएको मोडेल नं ए३३०–२४३ को जहाजमा एयरबस कम्पनीसँग सोधेर सजिलैसँग २४२ टन भारबहन क्षमताको गराउन सकिन्छ त? के कुनै थप खर्च लाग्दैन त?  

एयरबस कम्पनीको नाम उल्लेख नगरी निगमले २ वटा ए३३०–२०० विमान खरिद गर्ने निर्णय गरेको। सोही निर्णय अनुसार आसयपत्र मागिएको हो। मागेको आसयपत्र अनुसार ए३३०–२०० विमान सप्लाई गर्नुपर्ने र निगमले सोही विमान लिनुपर्ने थियो, तर लिइयो ए३३०–२४३। यसबाट पनि निगमको आसयपत्र र माग बमोजिमको विमान आएकै छैन। आफूले माग गरेको मोडलको विमान नआएकोमा निगम पदाधिकारीहरु कुनै गल्ती देख्दैनन्, बरु निगमलाई फाइदा हुने गरी ल्याएको भन्दैछन्।  

प्राविधिक विषयमा जहाजको अधिकतम उडान वजनलाई विवादमा ल्याइयो, त्यस सम्बन्धमा दिइएका पुस्टयाइँहरुलाई पूर्णरुपमा नजरअन्दाज गरियो भन्ने अधिकारीज्युको भनाइ रहेको छ। नेपाल एयरलाइन्सलाई एयरबसको वाइडबडी ए३३०–२०० जहाज सप्लाई गर्ने भनी एएआर कम्पनीले प्रस्तावमा खुलाएको थियो।  

सोही अनुसार एएआर, हाइ फ्लाई, जर्मन एभिएसन क्यापिटल र हाई फ्लाई एक्स आयरल्यान्डको कम्पनीसँग भएको सम्झौताको बिल अफ सेलको अनुसूची ३ मा एयरबस ए३३०–२०० जहाज बेच्ने र किन्ने सम्झौता भएको थियो।

बिल अफ सेल र हाईफ्लाई एक्ससँगको खरिद-बिक्री सम्झौतापत्र


जुन २७, २०१८ को जहाज आउँदाको बिल अफ सेलमा एयरबस ए३३०–२४३ मोडलको जहाज भनी खुलाइएको छ। निगमको तर्फबाट महाप्रबन्धक कंसाकार र डेपुटी डाइरेक्टर पारस पौडेलले सही गरेका छन्। सम्झौताको बिल अफ सेल र विमान बुझाउँदाकोमा फरक किन परेको होला? 

जसले जे भने पनि २३० टनको विमान सञ्चालनमा आइरहेकोमा विवाद भएन। अब २४२ टनको गराउने कसरी हो? एयरबसलाई एउटा पत्र लेखेको भरमा २४२ टनको हुन्छ कि हुँदैन?

अनि अधिकारीज्यु भारवहन क्षमता २४२ टनमा घटाएको छैन भन्नुहुन्छ। विमानको मोडेल नम्बर नै ए३००–२०० नभई ए३००–२४३ भएको सम्बन्धमा के भन्नुहुन्छ? किन यसरी मोडल नम्बर नै सम्झौता भन्दा फरक पर्न गयो? यी दुईबीचको भिन्नता के हो? के यसको उत्तर अधिकारीज्युमा छ त? यसको जवाफ पनि अब अधिकारीज्यु र खरिदमा संलग्न पदाधिकारीहरुसंग अख्तियारले माग्नेछ?

एयरबसको भित्री संलग्नता रहेको 
समग्रमा यो कारोबारमा एयरबस प्रत्यक्ष संलग्न देखिन आउँदैन। तर आसयपत्र माग गर्नु पहिलेदेखि नै भित्रीरुपमा एयरबस संलग्न भएर नै यो डिल भएको जस्तो देखिन्छ। नत्र त एयरबसले पहिले एयर फ्लाई र पछि एयर फ्लालाई एक्स अर्को कम्पनीको अर्डरमा निगमबाट पैसा लिनुपर्ने थिएन। विमानको भारबहन क्षमतामा २३० टन काठमाडौंलाई उपयुक्त हुने सुझाव एयरबसले केका आधारमा दियो? विमान २४२ टनकै हो २३० बाट २४२ टनमा सञ्चालन गर्न उसको अनुमति चाहिन्छ भन्ने अधिकारीज्युको जुन भनाइ आयो त्यो नै एयरबसको संलग्नता देखाउने सूत्र हो। अर्डर अनुसार विमान डेलिभरी गर्ने हो। विमान तयार भइसकेपछि कुनै ठाउँको लागि उडान भार क्षमता यति ठिक, यति बेठिक हुने भनी सल्लाह दिनु उचित थिएन।   

जसले जे भने पनि २३० टनको विमान सञ्चालनमा आइरहेकोमा विवाद भएन। अब २४२ टनको गराउने कसरी हो? एयरबसलाई एउटा पत्र लेखेको भरमा २४२ टनको हुन्छ कि हुँदैन? प्राविधिक विषय भएकाले अब अख्तियारले नै निरुपण गर्ला। 

मूल्य समायोजन प्रश्नको घेरामा
नयाँ जहाजको सन्दर्भमा मूल्य समायोजनको विषय आरएफपीकै प्रावधान भएको र प्रस्तावदाताले समेत माग गरेको सन्दर्भमा एयरबसको मूल्यवृद्धि दर अनुसार नै दिइएको हो। नयाँ जहाज खरिदमा मूल्य समायोजन स्थापित पद्धति हो भन्ने अधिकारीज्युको भनाइ पाइयो।  

जहाज खरिदको लागत इष्टिमेट बढी गरियो भन्ने लेखा समितिको भनाइ सम्बन्धमा नेपाल एयरलाइन्सले किनेको ए३३०–२०० जहाजको सन् २०१६ मा मूल्य ८,८०,९९,३१७ अमेरिकी डलरमा २.७६९९५ प्रतिशत वार्षिक मूल्यवृद्धि गरी प्रतिजहाज मूल्य ९३,०४,७४३८ अमेरिकी डलर हुनुपर्नेमा निगमले ११,८१,६३,७७३ अमेरिकी डलर इष्टिमेट गरी प्रतिजहाज ११.८ मिलियनका दरले दुई जहाजमा २३.६ मिलियन बढी इष्टिमेट गरी नोक्सान पारेको भनी आरोप लगाएको छ। 

तर त्यो दर सन् २००९ नोभेम्बर ५ को हो २०१६ को मूल्य होइन, मिति गल्तीले नोभेम्बर ५, २०१६ भएछ। गल्तीले हुन गएको हो, लेखा समितिले गलत इष्टिमेट निकालेको भनी शंकर अधिकारीज्युको भनाइ रहेको देखिन आयो। निगमले अन्य प्रमाण र आधारसहित त्यो मूल्य २०१६ को नभई २००९ को हो भन्ने प्रमाणसहति पठाउँदा पनि लेखासमितिले त्यसलाई मतलब गरेन भन्ने उहाँको गुनासो देखियो। त्यत्रो २४/२५ अर्बको कारोबार गर्नेहरुले कुन सालको रेट भन्ने कुरामा सचेत हुनुपर्ने थियो। 

८ वर्ष अगाडिको मोलमा खरिद गर्न एयरबसको अहिलेको मूल्यवृद्धि दर राखियो, जबकि एयरबस कम्पनीसँग किनेको नै हैन। नयाँ विमानको खरिदका सन्दर्भमा उत्पादक कम्पनीका लागिमात्र लागू हुने वृद्धिदर लागू गरेर मोल कायम गरियो।

एयरबसले प्रत्येक वर्ष प्रकाशित गर्ने मूल्यवृद्धिको वास्तविक दर लिएर हिसाब गरिएको हो। यो दर एयरबसको वेबसाइटबाट लिन सकिन्छ भन्ने अधिकारीज्युको भनाइ देखियो।

निगमले एयरबससँग उसको २०१६ को दररेट लिएको देखिन आयो। एयरबसको दररेटमा एयरबस र नेपाल एयरलाइन्सबीच ५ नोभेम्बर २०१६ मा भएको दररेटको फोटोबाट देखिन्छ। सोही २०१६ को ८८ मिलियन डलरलाई दररेट अंक मानेर एजेन्टलाई मनासिव कमिसन दिएर विमान ल्याउनुपर्थ्यो। तर, निगमले त्यसो गरेन। 

अर्को कुरा जहाज किन्दाको समय २०१६ को मूल्य नराखी २००९ को मूल्य राख्नुपरेको कारण के होला? जुनसुकै सामान खरिद गर्दा पनि प्रचलित मोलमा खरिद गरिन्छ। तत्कालको मोलमा छुट लिएर खरिद गर्ने हो। ८ वर्ष पुरानो मोलमा एयरबस कम्पनीको वार्षिक वृद्धि दर अनुसार मोल कायम गरिएको रहेछ। जहाज खरिद गरेको एयरबस कम्पनीसँग होइन भने अनि एयरबसको वृद्धि दर किन लागु गर्नुपर्‍यो भन्ने प्रश्न उठ्दछ। निगमले त पुरानो जहाज किन्नका लागि आसयपत्र मागेको हो। पुरानो जहाज किन्दा नयाँ जहाजको एयरबसको मूल्य समायोजन कसरी लागू हुन्छ? मूल्य समायोजन त जहाज अर्डर गर्ने आपूर्ति गर्ने कम्पनीले बेहोर्ने हो। सम्झौतामा मूल्य समायोजन गरेर मोल राख्ने काम उचित होइन। 

८ वर्ष अगाडिको मोलमा खरिद गर्न एयरबसको अहिलेको मूल्यवृद्धि दर राखियो, जबकि एयरबस कम्पनीसँग किनेको नै हैन। नयाँ विमानको खरिदका सन्दर्भमा उत्पादक कम्पनीका लागिमात्र लागू हुने वृद्धिदर लागू गरेर मोल कायम गरियो। जबकि पुरानो विमान खरिद गर्दा त ह्रास कट्टी राख्नुपर्थ्यो। उत्पादकबाहेक अन्यसँग खरिद गर्दा त्यो वृद्धि दर लागू गर्नुपर्ने होइन। 

जोसँग सामान खरिद गरिन्छ, सामानको मोल कति भन्छ त्यही आधारमा कारोबार अगाडि बढाउने हो। सेकेन्ड ह्यान्ड खरिद गर्ने सूचना गरेपछि नयाँ खरिद गर्दा उत्पादक कम्पनीसँग लागू हुने वृद्धिदर कायम गर्न मिल्दैन। उत्पादक कम्पनीसँग नयाँ खरिद गरेको अवस्थामा मात्र वृद्धि दर लागू हुने हो। 

उपसमितिले मागेको सोधेको कुरा निगम अर्थात् सञ्चालक समितिका नयाँ कार्यकारी अध्यक्षले पनि जवाफ दिनु उचित ठानेनन्। उनी यो डिलमा संलग्न नभए त जवाफ दिन लगाउनुपर्ने थियो। 

मूल्य समायोजन सुरुको एएआरको प्रस्तावमा परेको नै होइन। खडा गरिएको तीन कम्पनीबीचको कन्सोर्टियमले गरेको पछिको सम्झौतामा थपिएको हो।

निर्माण भइसकेको विमान अर्को पक्षसँग किन्दा मूल्य समायोजनको प्रश्न नै नउठ्नुपर्ने हो। हाई फ्लाईलाईको नाममा उत्पादन सुरु भई पछि हाईफ्लाई एक्स नामको कम्पनीबाट निगमको स्वामित्वमा हस्तान्तरण गरियो। यो विमानको मूल्य समायोजन लगायत सबै जोखिम सुरुमै अर्डर गर्ने कम्पनीले बेहोरेको हुन्छ। निगमलाई बिक्री गर्दा नै नाफा राखिसकेको हुन्छ। मूल्य समायोजनको नाममा निगममाथि थप आर्थिक भार बोकाउनमा त्यो बिक्रेता कम्पनी निगम दुवै जिम्मेवार देखिन आउँछन्। 

मूल्य समायोजनको सम्बन्धमा कार्यबाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्री भन्नुहुन्छ– सम्झौतामा नै नभएको विषयवस्तु पछि थप्नु गलत हो। नाफा खाने कम्पनीलाई मूल्य समायोजनका नाममा थप भुक्तानी दिनु राज्यकोषमाथिको लुट हो। 

सार्वजनिक खरिद ऐनको दफा ५२ र नियमावलीको नियम ११९ मा भएको मूल्य समायोजनको व्यवस्था उल्लेख गर्दै खत्रीले बोलपत्र स्वीकृतिकै क्रममा भएको सम्झौताको दायराबाहिर गई मूल्य समायोजन गर्न नहुने बताइसक्नुभएको छ। प्रस्ताव स्वीकृत, सम्झौता (एमओयु) भएपछि तीन वटा कम्पनीको कन्सोर्टियमले खडा गरेको हाई फ्लाईलाई एक्ससँग निगमले गरेको खरिद सम्झौतामामात्रै २ दशमलव ४४ प्रतिशतका दरले मूल्य समायोजनको विषयवस्तु राखिएको थियो। सुरुको सम्झौताको दायरा नाघेर खरिद सम्झौता गर्नु गलत हुने उहाँले बताउनुभएको पाइन्छ। 

मूल्य समायोजन सुरुको एएआरको प्रस्तावमा परेको नै होइन। खडा गरिएको तीन कम्पनीबीचको कन्सोर्टियमले गरेको पछिको सम्झौतामा थपिएको हो। प्रस्ताव थप गर्दै सम्झौता गर्दै गएर निगमलाई नोक्सान पारेको देखियो। सुरुको सम्झौतामा परेको भन्ने अधिकारीज्युको भनाइ सत्य देखिन आएन।

वाइडबडी प्रकरण-१ : खरिद प्रक्रिया कानुनसम्मत कि अदालतको फैसला गलत?

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्