• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सार्वजनिक स्थानमा धूम्रपानको मनोविज्ञान

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३१, २०७६  ०६:०५
1140x725

सहर होस् वा गाउँ; सबैतिर चुरोट पिउने संस्कार 'लोकप्रिय' बन्दै गएको छ। किशोर-किशोरी तथा युवा पुस्तालाई फेसनको एउटा शैली बन्दै गएको छ धूम्रपान। कतिपयलाई काममा एकाग्रता तथा तनाव व्यवस्थापनको आधार बनेको छ। करवृद्धिको कारण महगिँदो मूल्य तथा स्वास्थ्यप्रतिको बढ्दो जनचेतना कार्यक्रमले सुर्तीजन्य पदार्थको खपत घटाउन सकेको छैन। 

यो आलेख धूम्रपानले स्वास्थ्यमा पुर्‍याउने असर र प्रभावमा केन्द्रित छैन।

धूम्रपानको लामो इतिहास छ। लामो इतिहास बोकेको धूम्रपान विश्वव्यापी रुपमा फैलिएको छ। हाम्रो समाजमा पनि यसप्रति कैयौंको लत बनेको छ। यही लतका परिणाम स्वरुप धूम्रपानका दृश्यहरु मात्र देखिँदैन, गहिरिएर हेर्‍यो भने नियम पालन सम्बन्धी हाम्रो मनोविज्ञान पनि प्रतिविम्बित हुन्छन्। प्रणाली बसेन वा सरकारले थिति बसाउन सकेन भनेर गुनासो गरिरहने हामी विद्यमान नीतिनियम तोड्न कति उद्यत छौं भनेर धूम्रपानकै दैनिक दृश्यहरुले देखाउँछन्। 

कानुन पालनाको सवालमा तारन्तर नेपालगन्जको एक प्रसंग याद आउँछ। 

करिब एक वर्षअघि। त्यो समय यो लेखक कुनै परियोजनाको लागि नेपालगन्जमा कार्यरत थियो। परियोजनाबाट बिदा भएर काठमाडौं फर्किने तय भएपछि एक अधिवक्ता मित्रसँग भेटघाट तयो। भेटघाटमा कफीको कपसँगै कुराकानी सुरु भयो। अक्सर मान्छेको कुराकानीको विषय व्यक्तिको पृष्ठभूमि र पेसासँग जोडिन पुग्छन्। वकिल मित्रले पनि कुराकानीको प्रसंगमा कानुनको कुरा झिकिहाले। उनको भने कि– नेपालमा जहिले पनि यो कानुन भएन, त्यो कानुन भएन भनिन्छ। तर अभाव कानुनको होइन। कुनकुन कानुनले कसरी काम गर्छ भन्ने जानकारीको हो। 

उनको कुरामा सत्यता थियो। जानकारीको अभाव हाम्रो समाज वा हामी नेपालीमाझ व्याप्त यथार्थ हो। समाजका एकथरी मानिस र घटनाहरु देख्दा वकिल मित्र सही लाग्छन्।

निश्चय नै मानिससँग रहरका चाङ हुन्छन्। तर जिम्मेवारीबोध गर्दै रहरलाई विवेकले नियन्त्रण गर्न सक्नुपर्छ। जिम्मेवारीबोध बिनाको रहरले नियम उल्लंघन गर्न उकासिइरहन्छ।

यहाँ धेरैलाई कानुनले वर्जित गरेको व्यवहार वा क्रियाकलाप केके हुन् भनेर थाहा छैन। ती कुरा थाहा नभएर नै मानिसहरु गल्ती गर्न उत्साहित भएका पनि हुन्छन्। तर यो कुरा नै पूर्ण सत्य वा यथार्थ भने होइन। यसको अर्को पाटो भनेको कतिले थाहा पाएर पनि आफ्नो रहर र आवेगको निम्ति नियम पालनलाई बेवास्ता गर्दै आएका छन्। जाने बुझेकाले नियम मिचेपछि साक्षर वा नीति नियममा खासै चासो नराख्नेलाई सम्बन्धित विषयमा कुनै ऐनकानुन नै नभएको भान पर्न गएको पनि देखिन्छ। थाहा नभएपछि मानिसहरु बेफिक्री नियम मिच्छन्। यसको एक उदाहरण हो, सार्वजनिक स्थानमा देखिने धूम्रपानको दृश्य र सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को तादाम्यता। 

nimb
nimb

नीतिनियम तथा ऐनकानुन कसैको दबाबमा मात्र पालन गर्ने विषय होइन। व्यक्ति स्वयंको विवेक र नैतिकताले पनि आत्मसाथ गर्ने हो। हामी नीतिनियमको पालन अरुको लागि गरिदिनुपर्ने जस्तो गर्छौं। कुनै पनि ऐननियमलाई भन्दा आफ्नो रहरलाई बढी प्राथमिकतामा राख्छौं। सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनले निर्देश गरेका नियम पालन नहुनु हाम्रो यस्तै मनोविज्ञानको परिणाम हो। यो नियमले सार्वजनिक स्थानमा धूम्रपान गर्न बन्देज लगाएको छ। तर यो ऐनले किटान गरेको सार्वजनिक स्थानमा निस्फिक्री धूम्रपानका दृश्यहरु देखिन्छन्। यसरी धूम्रपान गर्नेहरु सबै शिक्षित नहोलान्। त्यो अलग कुरा हो। तर उनीहरु मध्ये कतिलाई थाहा होला सार्वजनिक स्थानमा धूम्रपान गर्नु हुँदैन भनेर! वा जानेर पनि बेवास्ता गर्ने कति होलान्? यो बहस वा विश्लेषणको अर्को पक्ष होला। यो हाम्रो समग्र मनोविज्ञानको प्रतिनिधि घटना भने भन्न सकिन्छ, हामी कानुन तथा नीतिनियमको आवश्यकता त औल्याउँछौं तर पालनाचाहिँ आफ्नो अनुकूलता हेरेर मात्र गर्छौं। बस्, रहरलाई मात्र प्राथमिकता दिन्छौं। 

कलेज पढ्ने किशोर–किशोरीहरु चमेनागृह, कलेज परिसर तथा रेस्टुरेन्टमा बसेर धूम्रपान गरिरहेका हुन्छन्। तिनै किशोर–किशोरीहरु देशमा ‘सिस्टम’ले काम नगरेको गुनासो गर्छन्।

निश्चय नै मानिससँग रहरका चाङ हुन्छन्। तर जिम्मेवारीबोध गर्दै रहरलाई विवेकले नियन्त्रण गर्न सक्नुपर्छ। जिम्मेवारीबोध बिनाको रहरले नियम उल्लंघन गर्न उकासिइरहन्छ। निरन्तरको उक्साहट र उल्लंघनले कुनै पनि ऐन तथा नीति कागजको खोस्टोमा परिणत हुन पुग्छ। आज सुर्तीजन्य पदार्थ ऐन खोस्टोमै परिणात भए जस्तो देखिन्छ। 

२०६८ सालको सुरुवाती महिनामा आएको सुर्तीजन्य पदार्थ ऐनले सुरुमा राम्रै तरंग ल्याएको थियो। यो नियम पालन गर्न प्रहरीहरु सजक देखिन्थे। सार्वजनिक स्थानमा धूम्रपान गरेका कारण केही मानिस प्रहरी चौकीसम्म पुगे। ऐनले तोके बमोजिम सय रुपैयाँ जरिवाना पनि तिरे। तर जब सर्वसाधारण आफैले ऐन पालन गर्ने तदारुकता देखाउँदैनन्, तबसम्म कुनै पनि नीतिनियम तथा ऐन प्रभावकारी हुँदैन। भयो त्यस्तो नै। प्रहरीले सुर्तीजन्य पदार्थ ऐन कार्यन्वयन गराउन गरेको कोसिस बिस्तारै शिथिल हुँदै गयो। सार्वजनिक स्थानमा प्रहरीकै अगाडि धूम्रपान गरेको दृश्य देख्न सकिन्छ। यसको प्रभावकारिता शून्यप्राय नै छ। 

अग्रजले सार्वजनिक स्थानमा धूम्रपान नगरेको भए नयाँ पुस्ताले यसलाई संस्कारको रुपमा विकास गर्न सक्थे। यसले धूम्रपानसंग जोडिएका खास क्रियाकलापलाई मात्र व्यवस्थित गर्दैन थियो। सरकारद्वारा ल्याइएका कानुन, ऐन तथा नियम पालन गर्नुपर्छ भन्ने सोच र व्यवहारको पनि विकास हुँदै जान्थ्यो।

कलेज पढ्ने किशोर–किशोरीहरु चमेनागृह, कलेज परिसर तथा रेस्टुरेन्टमा बसेर धूम्रपान गरिरहेका हुन्छन्। तिनै किशोर–किशोरीहरु देशमा ‘सिस्टम’ले काम नगरेको गुनासो गर्छन्। उनीहरुको गुनासो जायज पनि छ। तर उनीहरुले पनि कहीँ न कहीँ ‘सिस्टम ब्रेक’ गरिरहेको छु भन्ने महसुस गरेका छैनन्। उनीहरु सुर्तीजन्य पदार्थ ऐन प्रमाणीकरण हुँदै गर्दा ११ वर्षभन्दा बढीका थिएनन्। त्यो बेलाका वयस्क, युवा तथा किशोर–किशोरी स्वयंले विद्यमान नियमलाई पालन गर्दै सार्वजनिक स्थानमा धूम्रपान नगरेको भए आजको परिदृश्य फरक हुन सक्थ्यो। ऐन आएपछिको आठ वर्षमा धेरै केटोकेटी किशोर–किशोरीको उमेर समूहमा प्रवेश गरेका छन्। अग्रजले सार्वजनिक स्थानमा धूम्रपान नगरेको भए उनीहरुले यसलाई संस्कारको रुपमा विकास गर्न सक्थे। यसले धूम्रपानसंग जोडिएका खास क्रियाकलापलाई मात्र व्यवस्थित गर्दैन थियो। सरकारद्वारा ल्याइएका कानुन, ऐन तथा नियम पालन गर्नुपर्छ भन्ने सोच र व्यवहारको पनि विकास हुँदै जान्थ्यो। तसर्थ सार्वजनिक स्थानमा धूम्रपान कुनै खास घटना मात्र होइन। हामी नीतिनियम कतिको पालन गर्छौं भन्ने ज्वलन्त उदाहरण पनि हो। 

हामी सबै थिति तथा प्रणाली बसेन भनेर गुनासो गरिरहन्छौं। यी कुरा आकाशबाट बर्सिने होइन। अन्त कतैबाट आएर फिट हुने पनि होइन। सिस्टम बसेन भनेर गुनासो गर्नेले सबभन्दा पहिले आफू सिस्टममा चल्नुपर्छ। यसको लागि ऐननियमले तोकेका सानासाना कुरा पालन गर्नुपर्छ। गुनासोले मात्र प्रणाली सुध्रिँदैन। प्रणाली सुधार्न विद्यमान नियमलाई आत्मसात गर्नुपर्छ। अन्यथा नियम कानुन थन्किन्छन्, बेथिति विद्यमान रहिरहन्छ। 

भानु बोखिमका थप लेख :

आन्तरिक कलहको उपचारमा असफल कांग्रेस

जहाजको सपनामा बस नछुटोस्

राजनीतिक संस्कारमा प्रचण्डको सैद्धान्तिक विचलन

रवीन्द्र अधिकारी : निभ्यो भरभराउँदो दियो

विप्लवमाथि प्रतिबन्ध : खुमबहादुरको बाटोमा रामबहादुर

गुरिल्ला युद्धको भय

अस्थायी मानकमा छल्किएको सुन्दरी प्रतियोगिता

संरचनागत हिंसाको दुष्चक्रमा महिलाको जीवन

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ०६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केरुङ विपत्तिको कारण नेपालतर्फको हिमनदी भत्किनु : चिनियाँ विदेश मन्त्रालय
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता
सम्बन्धित सामग्री
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ जनकपुरबाट पत्रकारिता गर्नेमध्ये नेपालीजी जनकपुर, मिथिला र मधेशमा मात्र सीमित थिएनन्/छैनन्। उनी सम्पूर्ण नेपालमा आदरपूर्वक ‘नेपालीजी’... शुक्रबार, भदौ १२, २०८३
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
केरुङ विपत्तिको कारण नेपालतर्फको हिमनदी भत्किनु : चिनियाँ विदेश मन्त्रालय शुक्रबार, भदौ १२, २०८३
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने शुक्रबार, भदौ १२, २०८३
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता शुक्रबार, भदौ १२, २०८३
काठमाडौं–धुन्चे सडकखण्ड साना सवारीका लागि सञ्चालनमा, रसुवा पुनः सडक सञ्जालसँग जोडियो शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  चार अर्ब ९ करोड पुग्यो, पछिल्लो ३६ घण्टामै एक अर्ब ९१ करोड सहयोग संकलन शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्