• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

होटल हायात खुले पनि मजदुर विवाद कायमै, युनियन भन्छ- समस्याको सम्बोधन नभए पुनः आन्दोलन

अनावश्यक माग राखे होटलमा ताला लाग्छ : व्यवस्थापन
64x64
नेपाल लाइभ शनिबार, असार ७, २०७६  ०६:३०
1140x725

काठमाडौं– मजदुर विवादसँगै केही दिन बन्द भएको पाँचतारे होटल हायात (तारागाँउ रिजेन्सी होटल्स लिमिटेड) तत्कालका लागि खुले पनि मजदुर विवाद भने कायमै छ।

मालिक र मजदुरबीचका समस्या समाधानका लागि पहल गर्ने भन्दै श्रम तथा रोजगार कार्यालय टेकुले पत्राचार गरेपछि काममा फर्किएका कामदारहरुले आफ्ना समस्या सम्बोधन नभए पुनः आन्दोलनमा उत्रिने बताएका छन्।

अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले कामदारहरु काममा फर्किएपछि फेरि पनि होटलको व्यवस्थापन पक्षले युनियनमा आबद्ध ९ जना कर्मचारीहरुलाई स्पष्टीकरण सोधेर हैरानी बनाएको बताए।

होटल सञ्चालनमा आए पनि मजदुरका माग सम्बोधन नगरिए फेरि पनि आन्दोलनमा उत्रिन बाध्य हुने अध्यक्ष दाहालले चेतावनी दिए। उनले भने, ‘युनियनमा आबद्ध होटलका कर्मचारीहरुलाई अनावश्यक स्पष्टीकरण सोधिन थालेको छ, श्रम कार्यालयले समस्या समाधान गराइदिने पत्राचार गरेसँगै हामी काममा फर्किएका हौं, समस्या सम्बोधन नभएमा हामी पुनः आन्दोलनमा जान बाध्य हुनेछौँ।’

कर्मचारीहरुलाई श्रम ऐन अनुसार सेवासुविधा उपलब्ध गराउन आनाकानी गरेको र अनावश्यक स्पष्टीकरण सोधिएको भन्दै कर्मचारीहरुले जेठ ३० गतेदेखि पूर्ण रुपमा होटल ठप्प पारेका थिए।

होटलको सबै काम ठप्प भएसँगै गत असार २ गतेदेखि होटल व्यवस्थापन पक्षले  नै नेपाल स्टक एक्सचेन्ज 'नेप्से'लाई पत्र लेख्दै अनिश्चितकालका लागि होटल बन्द भएको घोषणा गरेको थियो।

त्यसपछि होटलको अन्तर्राष्ट्रिय बुकिङ बन्द गराई विदेशी पर्यटकहरुलाई समेत अन्यत्र होटलमा सारिएको थियो। ६ दिन ताला लागेको होटल एकाएक कर्मचारी काममा फर्किएपछि गत बुधबारदेखि सञ्चालनमा आएको हो।

मजदुर विवाद चुलिएर होटलको काम ठप्प भएसँगै प्रतिष्ठानको व्यवस्थापन पक्ष तथा प्रतिष्ठानमा कार्यरत मजदुरहरुको विवाद समाधानका लागि श्रम ऐन तथा नियमावली प्रदत्त अधिकारको अबलम्बन गरी विवाद समाधान गर्नुपर्ने भन्दै गत मंगलबार श्रम तथा रोजगार कार्यालयले होटल व्यवस्थापन पक्षलाई पत्राचार गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

छलफलबाट विवाद समाधान गर्न युनियन तथा व्यवस्थापन पक्षलाई अनुरोध गर्दै तत्काल आन्दोलनरत मजदुरहरुलाई काममा फर्कन श्रम कार्यालयले पत्राचार गरेसँगै होटल पुनः सञ्चालनमा आएको हो।

होटलका मानव संशाधन संयोजक सुरेश केसीले भने कुनै समझदारीबिना नै कामदार आफैं काममा फर्किएको र अनावश्यक माग राखे फेरि होटल बन्द गर्न बाध्य हुने अडान राखे।

‘नियम उल्लङ्घन गर्ने र युनियनको आड लिएर आन्दोलनमा उत्रिने कर्मचारीका अनावश्यक मागलाई फेरि पनि हामी सम्बोधन गर्न सक्दैनौं,' उनले भने, ‘५ दिनको हडतालले होटलले निकै ठूलो घाटा बेहोर्नुपरेको छ, पहिलेकै अवस्थामा होटल रिकभर हुन अझै ५/६ महिना लाग्छ।’

तत्कालका लागि होटल हायात सञ्चालनमा आए पनि मजदुर र मालिकबीच विवाद भने कायम नै छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कर्मचारीहरु अनावश्यक माग राखेर सानो स्पष्टीकरणको कुरालाई लिएर हडतालमा उत्रिने गरेकाले माग सम्बोधन गर्न नसकिने व्यवस्थापन पक्षको अडान कायमै छ।

होटल हायातमा मजदुर विवाद नयाँ भने होइन। होटलको आधिकारिक ट्रेड युनियनले होटल हायातमा काम गर्ने कर्मचारीले श्रम ऐन तथा सम्झौताअनुसार सेवा सुविधा नपाएको भन्दै श्रम कार्यालयमा उजुरी दिएको थियो।

सो विवाद श्रम कार्यालय टेकुमा समाधान हुन नसकेपछि २०७३ मंसिर ७ गते आधिकारिक ट्रेड युनियनले श्रम अदालतमा होटलविरुद्ध मुद्दा दर्ता गराएको थियो। ०७५ बैसाख २० गते कर्मचारीहरुलाई श्रम ऐन तथा सम्झौताअनुसार सेवा सुविधा उपलब्ध गराइनुपर्ने भन्दै श्रम अदालतले फैसला सुनाएको थियो।

अदालतमा होटलविरुद्ध कर्मचारी तथा आधिकारिक ट्रेड युनियनले पटक-पटक मुद्दा दर्ता गराउँदै आइरहेको अदालतका रजिस्ट्रार जीवन भण्डारीले जानकारी दिए।

आवश्यक सेवा सुविधा नदिई कामबाट निष्कासन गरिएको भन्दै होटलविरुद्ध पटक-पटक मुद्दा परेका छन्। केही मुद्दा अझै विचाराधीन रहेको अदालतले जनाएको छ।

०७५ बैसाख २० गतेको अदालतको फैसला कार्यान्वयन नभएको भन्दै फेरि पनि श्रम कार्यालयमा आधिकारिक ट्रेड युनियनले उजुरी गरेको थियो। उजुरीपछि पनि छलफलका लागि होटल व्यवस्थापन पक्षले आनाकानी गरेसँगै मजदुर विवाद चुलिएको थियो।

होटल हायातमा ३ सयभन्दा बढी नेपाली र ४ जना भारतीय कामदारहरु कार्यरत रहेको होटलले जनाएको छ।

सम्बन्धित समाचार

  • मजदुरको हडतालसँगै अनिश्चितकालका लागि बन्द भएको होटल हायात खुल्यो

  • पोखरास्थित फूलबारी रिसोर्टकै नियति भोग्यो होटल हायातले

  • होटल हायात अनिश्चितकालका लागि बन्द

  • मजदुर विवादका कारण ५ दिनदेखि होटल हायात बन्द, व्यवस्थापन भन्छ– माग पूरा गर्न सक्दैनौं

  • होटल हायातका कर्मचारीको आन्दोलन झनै चर्कियो, व्यवस्थापन भन्छ– युनियनको दबाबमा चल्दैनौं

  • होटल हायातका कर्मचारी आन्दोलनमा, आज दिनभर सम्पूर्ण काम ठप्प

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्