• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बालुवाटार जग्गा प्रकरण : भाटभटेनीका मालिक गुरुङ मातहत २० रोपनीभन्दा धेरै

सरकारी जग्गा हत्याउन भूमाफियालाई साथ
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  १४:०४
1140x725

काठमाडौं- सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने क्रममा भाटभटेनी कम्पनी प्रालिका प्रमुख सञ्चालक मीनबहादुर गुरुङले भूमाफियाद्वय डा शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई पुरापुर साथ दिएको भेटिएको छ। नेपाल लाइभलाई प्राप्त मालपोत कार्यालय डिल्लीबजारको मिसिल (जुन केही समयदेखि गायब पारिएको थियो) मा गुरुङले आफू र आफन्तका नाममा ६२ कित्ता जग्गा राखेको देखिन्छ।  

कुनै समय समय कुमारी बैंकको सञ्चालक समितिमा ढकालसँगै रहेका गुरुङले आफन्त र भूमाफियाहरुसँग सहकार्य गरी ठूलो मात्रामा सरकारी जग्गा हत्याउन सफल भएको सरकारी आँकडाले पुष्टि गर्छ। गुरुङले हात पारेको जग्गामा अधिकांश आफन्तका नाममा छन् भने कतिपय उनको डिपार्टमेन्टल स्टोर्सको नाममा समेत रहेको छ। एकल, संयुक्त र कम्पनी गरी उनको मातहतमा आएको जग्गाको क्षेत्रफल २०–८–०–३ (२० रोपनी ८ आना र ३ दाम) रहेको देखिन्छ।  

सरकारी जग्गा हत्याउने क्रममा गुरुङको नाममा रहेका कित्ताहरु रहेको फाइल डिल्लीबजार मालपोत कार्यालयबाट गायब पारिएको थियो। प्रधानमन्त्री कार्यालयसहित उच्च पदस्थ सरकारी पदाधिकारीको बसोबास रहेको बालुवाटारस्थित जग्गाका अन्य मिसिल पनि गायब पारिएका थिए। 

मिसिल गायब पार्ने क्रममा डिल्लीबजार मालपोत कार्यलयका तत्कालीन कर्मचारीले ढकाल, सुवेदी र गुरुङलाई साथ दिएको देखिन्छ। सरकारी जग्गा हडपेका जग्गाका मिसिल गायब पारिएको सन्दर्भमा समाचार प्रकाशित भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसको खोजी गरेको थियो।  

सात दिन लगाएर छानबिन टोलीले पहिल्याएको कित्तामा गुरुङ र उनको आफन्तको नाममा ४ दर्जनभन्दा धेरै कित्ता रहेको छ। भूमाफिया ढकाल र सुवेदीसँगको मिलेमतोमा प्राप्त जग्गामध्ये सबैभन्दा धेरै कित्ता गुरुङले आफन्तद्वय इन्द्रदेव गुरुङ र नितु गुरुङको नाममा राखेका छन्। उनीहरुको नाममा विभिन्न क्षेत्रफलका २४ कित्ता जग्गा छन्। 

इन्द्रदेवको नाममा १० कित्ता रहेको छ भने नितुको नाममा १४ कित्ता रहेको नेपाल लाइभलाई प्राप्त विवरणमा देखिन्छ।  इन्द्रदेवको नाममा ३३, १२५, ११८, ५९९, १२३, २२, १२१, ६५१, १२५ र ११८ कित्ता जग्गा छन्। साथै नितुको नाममा कित्ता नम्बर ३५५, १७३, ३६७, ३८९, ३६५, ३६२, ३७७, ३७०, २९८, ३५१, ३८३, ३४, ३१, ३८० रहेका छन्। 

यसरी हडपेको सार्वजनिक जग्गा मीनबहादुर गुरुङले आफ्ना भाइ पहलमान गुरुङको नाममा २ कित्ता राखेका छन्। ६६७ र १३२ नम्बरको कित्ता पहलमानको नाममा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जग्गा हडप्ने क्रममा प्राप्त सरकारी जग्गालाई मीनबहादुरले छोरा र छोरीको नाममा पनि राखेका छन्। छोरा कल्याण गुरुङको नाममा १० कित्ता रहेको छ भने छोरी कामना गुरुङको नाममा ९ कित्ता जग्गा रहेको छ।  

कल्याणको नाममा ३०२, १४, ६७१, ७३८, १३६, १२४, २४, ५, २५ र ७३८ कित्ता रहेका छन्। छोरी कामनाको नाममा ९ कित्ता रहेको विवरणमा उल्लेख छ। उनको नाममा ७८, ३००, २०८, ७३१, २८, १५७, ७३९ र ७४१ नम्बर कित्ता रहेको गायब पारिएको विवरणमा देखिन्छ।

मीनबहादुर गुरुङकै स्वामित्वमा रहेको भाटभटेनी कम्पनी प्रालिको नाममा १० कित्ता रहेको छ।

Xtrem

Xtrem

२८६, ५७, ५८, १७, ८२, ७९, १०, ८१, १२, १४ कित्ता भाटभटेनी प्रालिको नाममा नेपाल लाइभलाई प्राप्त विवरणमा देखिन्छ।

ढकाल र सुवेदीसँग पनि संयुक्त 
मीनबहादुर गुरुङले आफन्तपछि भूमाफियाहरुसँग पनि संयुक्त नाममा जग्गा राखेका छन्। 

पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले भूमाफिया किटान गरेको डा ढकाल र सुवेदीसँग सँगोलनामा गरेका गुरुङको नामामा एक कित्ता जग्गा रहेको छ। सरकारी जग्गा आफ्नो नाममा पार्ने क्रममा यी तीनै जनाको नाममा कित्ता नम्बर ८३ को जग्गा रहेको छ। 

गुरुङको एकल स्वामित्वमा ३ कित्ता रहेका छन्, ७४, ४१३ र १३७।

गुरुङका छोरा कल्याणसँगै ढकाल र सुवेदीका पत्नी उमाकुमारी ढकाल र माधवी सुवेदीको नाममा संयुक्त ३ कित्ता जग्गा रहेको छ। उक्त जग्गाको कित्ता नम्बर २७०, २८५ र २८२  रहेको छ। 

गायब पारिएका मिसिल १०२४ र १०२५ नम्बरको खोजी गर्दा सरकारी जग्गामा गुरुङको हालिमुहाली देखिएको हो।

भू–माफियाको लगानीकर्ता कि साझेदार? 
गुरुङले सार्वजनिक जग्गाको यत्तिका कित्ता किन र कसरी आफ्नो नाममा राखे भन्नेबारे मन्त्रालयको छानबिन समितिले विस्तृत रुपमा अनुसन्धान गरिरहेको छ। यसरी गायब भएको विवरण अनुसार के गुरुङ ढकाल र सुवेदीको लगानीकर्ता वा साझेदारमध्ये एक हुन्? शंका गर्ने ठाउँ प्रशस्तै छ। भलै अनुसन्धानपछि पो प्रकरणले निकासा पाउला।

कुमारी बैंकमा साथसाथ
ढकाल र गुरुङको नाता पुरानै भएको उनीसँग जानकार रहेकाहरुको दाबी छ। यी दुवैले कुमारी बैंकको बोर्डमा रहँदा धेरै यस्ता कार्यहरु गर्ने गरेको स्रोतको भनाइ छ।

बालुवाटार जग्गा प्रकरण सुरु भएपछि ढकाल फरार छन्। सञ्चालक समितिको अध्यक्ष हत्याउन उनी लागिपरेका थिए। तर, जग्गा विवाद आएपछि सञ्चालक समितिबाट समेत उनको नाम हटाइएको छ। 

सम्बन्धित समाचार :
‘भूमाफिया’को पक्षमा राणा परिवारको विज्ञप्ति : त्रिताल प्रतिवेदन पूर्वाग्रही, एकतर्फी र आधारहीन

बालुवाटार जग्गा प्रकरण : गायब पारिएको पौडेलको जग्गाको मिसिल नम्बर १०२५

बालुवाटार जग्गा प्रकरण : गोयल ग्रुपको निर्माण कम्पनीका नाममा मात्र १९ कित्ता!

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्