• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

खोइ युवामैत्री योजना र व्यवहार?

64x64
नेपाल लाइभ बुधबार, साउन २२, २०७६  ०९:३७
1140x725

हालसालै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले श्रमको सम्मान नहुदा गाउँघर युवाविहीन हुँदै गएको तितो यथार्थ सुनाएका थिए। युवा नभएपछि मलामी पाउन पनि समस्या भएको गुनासो उनी गरिरहेका थिए। समता फाउन्डेसनको एक कार्यक्रममा बोल्ने क्रममा नेता नेपालले यो समस्यालाई वैदेशिक रोजगारसँग जोडिरहेका थिए, जो अधिकांश  नेपाली युवाको रहर र बाध्यता दुवै बन्दै गएको छ। 

नेता नेपालको भनाइले एउटा पुरानो घटनाको याद दिलायो। ठ्याक्क मिति त याद भएन। करिब आठ वर्षअघिको हुनुपर्छ। त्यो समय म च्यारिटीमा सञ्चालित सञ्चारगृहमा कार्यरत थियो। एक टिमले स्वदेशमै इलम गर्नुपर्छ भन्ने सन्देश दिन पाँच अंकको नाटक उत्पादन गर्‍यो। उक्त टिममा म पनि थिएँ। नाटक प्रसारण भइसकेपछि पश्चिममाञ्चल वा मध्यपश्चिमाञ्चलको एक जिल्लाबाट स्रोताको पत्र आयो।

युवाको नवीन सोच र सिर्जनशीलतालाई आलाकाँचाको फुर्तिफार्ती भन्ने रोग छ। समाजको प्रौढ व्यक्ति र राजनीतिक दलका नेता दुवैमा यस्तो सोच हाबी छ। यो सोचले युवाजगत निराश हुन पुग्छन्।

तर पत्रको आसयले रेडियो नाटक सुनेपछि विदेश जाने सपना त्यागेर स्वदेशमा केही गर्न तत्पर रहेको बताउँथ्यो। करिब छ महिनापछि प्रभावमापनको बारेमा सोही पाठकसँग कुरा गर्ने कोसिस गरियो। यसको लागि त्यो पत्रमै उल्लेख मोबाइल नम्बरमार्फत सम्पर्क गरियो। अफसोस, फोन संवाद गर्दा स्रोताको उत्साह मरिसकेको पाइयो। उनले निराश हुँदै भनेका थिए– 'मैले थातथलोमै केही गर्ने प्रयास गरेँ तर कतैबाट सहयोग पाइनँ। अब फेरि विदेश नै जाने मनस्थितिमा छु।' 

ती पत्र लेख्ने स्रोताको हविगत धेरै नेपाली युवाको वास्तविकता हो। नेताको भाषण र सरकारको योजना सुनेर हौसिने युवाको सपना चिसिन धेरै समय लाग्दैन यहाँ। अहिलेको परिस्थितिमा यसरी सपना चिसिएका युवाको लागि फेरि सपना ब्युँताउने गन्तव्य  भनेको वैदेशिक रोजगार नै हो। यसरी विदेसिने युवाले पठाएको विप्रेषणले आर्थिक रुपमा राष्ट्रलाई राम्रै भएको छ। तर गाउँमा लास बोक्ने मानिसधरि रित्याएर विदेसीएका यी युवा आफै पनि बन्द बाकसमा फर्किनुपर्ने विराट दुःख हो। वैदेशिक यात्रामा जानेले जीवनलाई जोखिममा मात्र राख्दैन। देशको हिमालभन्दा अग्ला दुःखका पहाड पनि दिनहुँजसो चढ्नुपर्छ। यो रोजाइ पक्कै पनि रहरसँग मात्र जोडिएको छैन। 

वैदेशिक रोजगार रहर र बाध्यता दुवै हो। यो कुरा बुझ्नलाई युवाको मनोविज्ञान बुझ्न जरुरी छ। अधिकांश युवा स्थापित सिस्टमका सहयोगी हुन रुचाउँछन्। उनीहरु आफूसँग भएको सिप र ज्ञान जोसजाँगरका साथ प्रयोग गर्न खोज्छन्। तीमध्ये कम युवा सिर्जनशील र नवीन सोच राख्ने हुन्छन्। यिनीहरुले आफूलाई मात्र नभएर अरु युवा तथा आम मानिसका लागि अवसर सिर्जना गर्छन्। यी भिन्नताका बाबजुद दुवैखाले युवामा एक साझापन भने हुन्छ– परम्परागत विधि र ढाँचामा नरमाउने चाहना। युवाले आफ्नो सिप र ज्ञान नयाँ परिवेशमा प्रयोग गर्न खोज्छ। अबको युवाले कृषि पेसा आत्मसात गर्ला तर बाबुबाजेले झैं हलो र कोदालोको भर खेतीपाती गर्न चाहँदैन। राजनीतिक व्यवस्थाले युवाको यो चाहनालाई बुझे पनि सम्बोधन गर्न सकेको छैन। बस्, राजनीतिज्ञहरु आफै माधव नेपाल झैं श्रमको सम्मान नपाएर युवा बाहिरिए भन्दै गुनासो गर्छन्। 

हाम्रा नेताको साझा समस्या छ। उनीहरु नै नीति निर्माण र कार्यावन्यन गराउने तहमा पुग्छन्। र, स्वयं यो भएन र त्यो भएन भन्दै गुनासो गर्छन्। युवाको सवालमा यस्ता धेरै गुनासो सुनिँदै आएको छ। सत्तारुढ दलका वरिष्ठ नेताले यसरी गुनासो गर्नुको सट्टा युवामैत्री काम गर्न सरकारलाई दबाब दिन सक्छन्। तर गर्दैनन्। उनी कुनै बेला प्रधानमन्त्री हुँदा पनि युवालाई गाउँमै राख्ने वातावरण बनाउन काम गरिएको देखिएन।

राजनीतिक व्यवस्थाले युवाको यो चाहनालाई बुझे पनि सम्बोधन गर्न सकेको छैन। बस्, राजनीतिज्ञहरु आफै माधव नेपाल झैं श्रमको सम्मान नपाएर युवा बाहिरिए भन्दै गुनासो गर्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

युवालाई जन्मेकै ठाउँमा राख्न हाम्रा उत्पादन तथा अर्थोपार्जनका क्षेत्रलाई आधुनिकीकरण गर्नु जरुरी छ। तर सत्ताबाहिर हुँदा ठूला कुरा गर्ने नेता सत्तामा पुगेपछि अलमलिने समस्या छ। काम नगरी विकास हुँदैन। विकास नभई अवसर सिर्जना हुँदैन। अवसर सिर्जना नभई श्रम बजारमा आएका युवाले रोजगार पाउँदैनन्। स्वदेशमा रोजगार नपाएपछि विदेसिनु जो कोहीको बाध्यता हो। 

युवामा अन्तरनिहीत तत्व भनेको बल हो। युवाले कुनै पनि काम छिटो र छरितोसँग गर्न सक्ने सामार्थ्य राख्छ। त्यही सामर्थ्यको कारण युवा जमात जोसिलो हुन्छ। अधिकांश युवा आफ्नो बलबर्कत प्रयोग गरेर काम गर्ने मञ्च खोजिरहेको हुन्छ। थोरै युवा भने आफ्नो बलबर्कतसँगै मस्तिष्क पनि प्रयोग गर्न खोजिरहेका हुन्छन्। सरकारले यी दुवैथरी युवाको सोच र सपनालाई सम्बोधन गर्न सकेको छैन। केही गर्छु भन्ने युवाले कर्मचारीतन्त्रको जञ्जाल नाघ्नै मुस्किल पर्छ।

अर्कोतिर लगानी जुटाउने काम पनि सजिलो छैन। भेन्चर क्यापिटलको अभ्यास चलिसकेको छैन नेपालमा। सरकारले दिने अनुदानको लागि योग्य हुन कार्यकर्ता हुनुपर्छ। कार्यकर्ता नभए अनुदान रकमको ठूलो हिस्सा चाँजोपाँजो मिलाउनुको लागि खर्च गर्नुपर्छ। यस्तो भद्रगोलमा सिर्जनशीलता र नवीनता प्रयोग गर्ने युवाहरुले पलायनकै बाटो रोज्छन्।

वैदेशिक यात्रामा जानेले जीवनलाई जोखिममा मात्र राख्दैन। देशको हिमालभन्दा अग्ला दुःखका पहाड पनि दिनहुँजसो चढ्नुपर्छ। यो रोजाइ पक्कै पनि रहरसँग मात्र जोडिएको छैन। 

धेरै युवा विदेसिएका छन्। सत्य यो पनि हो कि अझै पनि धेरै युवा देशमै छन्। यद्यपि गाउँमा मलामी छैन भन्ने गुनासो बारम्बार सुनिँदै आएको छ। यो सुगा रटान लगाउनेमा युवा स्वयं पनि होलान्। नेता त छन् नै। प्रमुख कुरा नेता आफै किन यो कुरा गरिरहेका छन्? समग्र नेताको सोच र व्यवहार कति युवामैत्री छ? गाउँ रित्तो पारेर हिँडेका कति युवा विदेशमा पसिना चुहाउँदै छन्? विदेश नपुगेका बाँकी युवा कता छन्? निश्चय नै उनीहरु अवसरको खोजीमा ठूला र साना सहरको गल्ली चहारिरहेका छन्। ती युवालाई गाउँ फर्काउने कुन नीति ल्यायो विगत र वर्तमान सरकारले? यस्ता प्रश्नहरुले मस्तिष्कलाई आक्रमण गर्छन्।

यी सारा प्रश्नहरुको पछाडि मुख्यत: दुई कुराले काम गरेको छ। 

पहिलो, युवाप्रतिको अविश्वास। दोस्रोचाहिँ राजनीति। राजनीतिज्ञले आफ्नो स्वार्थ अनुकूल युवाको प्रयोग गर्दा उनीहरुको बाटो रुमल्लिएको छ। युवाप्रतिको अविश्वास हाम्रो सामाजिक अभ्याससँगै जोडिएको छ। सामान्यतया हामीमा ठूला र अनुभवी मान्छे मात्र जान्ने हुन्छन् भन्ने सोचाइ छ। युवाको नवीन सोच र सिर्जनशीलतालाई आलाकाँचाको फुर्तिफार्ती भन्ने रोग छ। समाजको प्रौढ व्यक्ति र राजनीतिक दलका नेता दुवैमा यस्तो सोच हाबी छ। यो सोचले युवाजगत निराश हुन पुग्छन्।

अर्को दुःखद् पक्ष भनेको लामो समयदेखि नेता तथा शासकले युवालाई आफ्नो स्वार्थसिद्ध गर्न प्रयोग गर्दै आएका छन्। राणा शासकले धेरै जनजाति युवालाई अंग्रेज रिझाउन युद्धमा पठाए। शताब्दी लामो राणा शासन र तीन दशक लामो पञ्चायतविरुद्ध यिनै युवा परिचालित भए। माओवादी युद्धमा युवाको सहभागिता राम्रै थियो। तर यी आन्दोलन सम्पन्न भएपछि तिनै युवा उपेक्षित भए। अझै पनि राजनीतिक दलले युवालाई कुनै सिर्जनशील काममा भन्दा बढी हुलदंगा र नाराजुलुस बढी प्रयोग गर्छ। 

युवालाई निजी तथा दलगत स्वार्थको लागि मात्र प्रयोग गर्ने कि उसको नवीन र सिर्जनशील सोचलाई साकार बनाउने वातावरण सिर्जना गर्ने? राजनीतिक दलले सोच्ने बेला आएको छ। युवा तथा युवाको सोचलाई उपेक्षा गरे उनीहरु थातथलोबाट पलायन हुन्छन् नै। युवा पलायनबारे सार्वजनिक मञ्चबाट गुनासो मात्र पोखेर समाधान हुँदैन। 

भानु बोखिमका थप लेख :

  • आरक्षण : मर्मलाई बुझ्ने कि शब्दमा खेल्ने?

  • राष्ट्रवादी पाइन झरेपछिका प्रधानमन्त्री

  • हुम्लाको दु:खान्त सडक राजनीति

  • चाहना र बहानाको भुमरीमा बाबुराम

  • सार्वजनिक स्थानमा धूम्रपानको मनोविज्ञान

  • आन्तरिक कलहको उपचारमा असफल कांग्रेस

  • जहाजको सपनामा बस नछुटोस्

  • राजनीतिक संस्कारमा प्रचण्डको सैद्धान्तिक विचलन

  • रवीन्द्र अधिकारी : निभ्यो भरभराउँदो दियो

  • विप्लवमाथि प्रतिबन्ध : खुमबहादुरको बाटोमा रामबहादुर

  • गुरिल्ला युद्धको भय

  • अस्थायी मानकमा छल्किएको सुन्दरी प्रतियोगिता

  • संरचनागत हिंसाको दुष्चक्रमा महिलाको जीवन

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  ०९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड शनिबार, असोज ३, २०८३
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
माथिल्लो त्रिशूली–१ मा दिनभर उद्धार अपडेट, टनेलबाट निकालिएका ११ शव त्रिशूली ल्याइयो, खोजी कार्य जारी शनिबार, असोज ३, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्