• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

विमानस्थलमा दीपक मल्होत्राको रजाइँ-५ : बक्यौता भुक्तानीका लागि १८ पत्र पठाउँदा २ करोड मात्रै दाखिला

64x64
उत्तम काप्री बुधबार, चैत २७, २०७५  १७:००
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको ५२ रोपनी जग्गामा रजाइँ गर्दै आएका व्यवसायी दीपक मल्होत्रालाई कार्यालयले हालसम्म २७ पत्र पठायो। जसमध्ये १८ पत्रमा रकम भुक्तानीको विषय उल्लेख छ। तर,उनले कुनै पत्रको जवाफ नदिएको खुल्न आएको छ। साथै, मल्होत्राले विमानस्थल कार्यालयको पत्रलाई बेवास्ता गर्दै जग्गा बापतको भाडा रकमसमेत तिरेका छैनन्।

विमानस्थल कार्यालयले मल्होत्रासँग २०६९ कात्तिक २ गते सम्झौता गरेको थियो। तर, सम्झौताको म्याद २०७२ माघ १ मा सकियो। त्यसपछि मात्रै रकम भुक्तानीदेखि अन्य आर्थिक कारोबारको विषय उल्लेख गर्दै कार्यालयले २७ पटक पत्र पठाइसकेको हो।

‘कार्यालयले मल्होत्रालाई २७ पटकसम्म जग्गा बापतको भाडा भुक्तानी लगायत विभिन्न विषयमा पत्राचार गरेका छौं,’ विमानस्थल कार्यालयका एक कर्मचारीले भने, ‘कार्यालयले पठाएको पत्रभन्दा राज्यशक्ति प्रयोग गरेर कसरी आफ्नो खल्ती भर्न सकिन्छ भने विषयमा उनको ध्यान केन्द्रित छ।’

मल्होत्रालाई ५२ रोपनी जग्गामा रजाइँ गर्ने वातावरण भने तत्कालीन विमानस्थलका महाप्रबन्धक इन्जिनियर रतीश चन्द्रलाल सुमनले तयार गरिदिएका थिए। 

तत्कालीन महाप्रबन्धक सुमनले नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको ५२ रोपनी जग्गामा सवारी पार्किङ, बाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षालय, चमेना गृह, पर्यटक मनोरन्जनका लागि पार्क, बगैंचा लगायत विमानस्थल व्यवसायसँग सम्बन्धित कामका लागि भवन लगायत आवश्यक पूर्वाधार निर्माणका लागि मल्होत्रालाई जिम्मा लगाएका थिए।

तत्कालीन मन्त्रिपरिषद्को निर्णय र नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डको निर्णयविपरीत मल्होत्राले प्राधिकरणको जग्गामा उक्त संरचना निर्माणका लागि सम्झौता गरेका थिए। रसुवा केडी ज्वाइन्ट भेन्चर प्रालिसँग ५२ रोपनी जग्गामा ‘बुट मोडल’मा आवश्यक पूर्वाधार निर्माण गर्ने र मल्होत्राले सञ्चालन गर्नेगरी ३० वर्षका लागि सम्झौता भएको थियो।

सम्झौतालाई नै आधार मानेर मल्होत्राले नियमावली संशोधन पहिलेको वार्षिक ७८ लाख रुपैयाँ बापतको रकम पनि तिरेका छैनन्। योसँगै सुमनले तेस्रो पक्षसँग व्यवसाय सञ्चालनका लागि लिएको भाडाको पहिलो १० वर्ष ५ प्रतिशत, दोस्रो १० वर्ष १५ प्रतिशत र बाँकी अवधिमा २५ प्रतिशत लिने गरी सम्झौता गरेको खुल्न आएको छ। 

तर, मल्होत्राले अहिले निर्माण सम्पन्न भएको संरचना भाडामा लगाए पनि त्यस बापतको रकम र नियमावली संशोधनपछि हुने जग्गाको वार्षिक १ करोड ५६ लाख रुपैयाँको दरले भाडा रकम तिरेका छैनन्। रकम भुक्तानीकै लागि विमानस्थल कार्यालयले बारम्बार पत्र काटे पनि मल्होत्राले कुनै प्रतिक्रिया नदिएको विमानस्थल कार्यालयका एक कर्मचारी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

आज विमानस्थलका रजाइँ गर्ने मल्होत्रालाई पूर्वमहाप्रबन्धकदेखि हालका महाप्रबन्धकको समेत सहयोग रहेको स्रोत बताउँछ। तर, विमानस्थल कार्यालयका हालका महाप्रबन्धक राजकुमार क्षेत्री भने उनीहरु सम्पर्कमै रहेको बताउँछन्। 

मल्होत्रालाई बाँकी रहेको बक्यौता रकम छिट्टोभन्दा छिट्टो तिर्न बारम्बार ताकेता गरेको स्रोत दाबी गर्छ। 

मल्होत्राले हालसम्म २ करोड रुपैयाँ तिरिसकेको र ६ करोड रुपैयाँ बराबरका रकम तिर्न बाँकी रहेको क्षेत्री स्वीकार गर्छन्। ‘मल्होत्राले सबै रकम तिर्नुपर्छ,’ क्षेत्रीले भने, ‘रकम असुल्लीका कुनै कम्प्रमाइज हुँदैन। सम्झौता अनुसार सबै रकम असुली हुन्छ।’ तर, महाप्रबन्धक क्षेत्री यसो भन्दै गर्दा मल्होत्राले भने सम्झौत गर्दा तत्कालीन महाप्रबन्धक सुमनले गरेको गल्तीको पत्र देखाउँदै रकम तिर्न आनकानी गरिरहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रकम भुक्तानीका लागि मल्होत्रालाई पठाइएको पत्र-विवरण 
नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको ५२ रोपनी जग्गामा गरिएको सम्झौताको म्याद सकिएको ११ दिनपछि पहिलो पटक मल्होत्रालाई विमानस्थल कार्यालयले पत्र काटेको थियो। सम्झौतामा उल्लेख गरिएको र थप गरिएको १८ महिनासमेत गरी निर्माण सम्पन्न गर्नुपर्ने समय २०७२ माघ १ गते सकिएको थियो।

१. २०७२ माघ ११ : विमानस्थल कार्यालयले मल्होत्रा (निर्माण कम्पनी रसुवा केडी ज्वाइन्ट भेन्चर) प्रालिलाई बहाल रकम भुक्तानी गर्ने सम्बन्धमा पत्राचार। 
२. २०७२ चैत १९ : पुनः भाडा बापतको रकम भुक्तानी गर्ने सम्बन्धमा।
३. २०७४ मंसिर ५ : गते रकम भुक्तानी गर्ने सम्बन्धमा पुनः पत्राचार।
४. २०७४ पुस २ : बाँकी बक्यौता भुक्तानी गर्ने सम्बन्धमा पुनः पत्राचार।
५. २०७४ पुस २० : बक्यौता रकम भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
६. २०७४ माघ २८ : बक्यौता तथा विद्युत महसुल भुक्तानीका लागि पुन: पत्राचार।
७. २०७४ चैत ६ : बक्यौता भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
८. २०७४ चैत ७ : प्रालिको विषयमा स्पष्ट जानकारी खुल्नेगरी यसअघिका पत्रको जवाफ पठाउन र रकम भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
९. २०७५ बैसाख ४ : जग्गा बापतको रकम भुक्तानी गर्ने सम्बन्धमा पत्राचार।
१०. २०७५ बैसाख ५ : सबै विवरण उपलब्ध गराउन र रकम भुक्तानी गर्ने सम्बन्धमा पत्राचार।
११. २०७५ जेठ ६ : रकम भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
१२. २०७५ जेठ २३ : रकम भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार। 
१३.  २०७५ असार १९ : बाँकी बक्यौता भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
१४. २०७५ साउन १ : बाँकी बक्यौता भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
१५.  २०७५ भदौ २९ : बाँकी बक्यौता भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
१६. २०७५ कात्तिक १३ : विमानस्थलको राजस्व शाखाबाट ५ करोड २५ लाख ९० हजार ८ सय ३२ रुपैयाँ भुक्तानी गर्न विवरण सहितको पत्राचार।
१७. २०७५ कात्तिक १३ : बाँकी बक्यौता भुक्तानी गर्न तथा लिजमा दिइएको क्षेत्रको सम्झौता बमोजिम हुन आउने रकम समेत भुक्तानी गर्ने सम्बन्धमा पत्राचार।
१८. २०७५ कात्तिक २८ : सेवा रोक लगाउन सकिने व्यहोरा उल्लेख गरी पत्राचार हुँदा पनि रकम भुक्तानी नभएको।

त्यसपछि पनि बारम्बार पत्रचार भए पनि कुनै मल्होत्राले कुनै प्रतिक्रिया दिएका छैनन्। यसबीचमा २०७५ असार ३२ मा एक करोड गरी अहिलेसम्म दुई करोड रुपैयाँ मात्रै रकम बुझाइएको विमानस्थल कार्यालले जनाएको छ।

विमानस्थलमा व्यापारी मल्होत्राको रजाइँबारे नेपाल लाइभका थप खोज सामग्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गामा दीपक मल्होत्राको रजाइँ-१

विमानस्थलमा मल्होत्राको रजाइँ-२ : नियमविपरीत १८ महिना समय थप, अवैधानिक भाडा असुली

विमानस्थलमा मल्होत्राको रजाइँ-३ निर्माण सम्पन्न नभएका संरचनामा बैंकदेखि बेकरीसम्म राखी अवैध भाडा असुली

विमानस्थलमा दीपक मल्होत्राको रजाइँ-४ : नक्सा पासै नगरी ठड्याए ५ तले भवन

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान गुरुङले एआई, डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध अनुसन्धान तथा डीएनए फरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको दक्षता बढाउनुपर्ने बता... शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्